८ वैशाख २०८१ शनिबार
समाज

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

पुनःनिर्माण प्राधिकरणले तयार पारेको धरहराको डिजाइन

काठमाडौं— सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओली सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो।  सो निर्णयलाई निरन्तरता दिँदै दाहाल सरकाले टेलिकमसँग सम्झौता गर्ने तयारी गरेको छ।

पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन गरेर निर्माण खाका तयार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिने पुरातत्व विभाग स्रोतले जनायो। सरकारले गत वर्षको महाभुकम्पबाट ध्वस्त धरहरको भग्नावशेष छेउमा अर्को नयाँ धरहरा टावर निर्माण गर्ने निर्णय गरिसकेको छ। उक्त भूकम्पमा परी धरहरामा मात्रै ५० जनाभन्दा बढीको ज्यान गएको थियो।

‘नेपाल टेलकमले धरहरा टावर निर्माण गर्छ र निर्माण पछि धरहरा पनि हामी आफै सञ्चालन गर्नेछौ। उनले नेपाल टेलिकमले धरहरा आफ्नो प्रचार प्रसारका लागि समेत प्रयोग गर्ने जनाए’, उनले भन।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव प्रेमकुमार राईले धरहरा निर्माणका लागि टेलिकमले इच्छा देखाएकाले छिटै सम्झौता हुने बताए। ‘हामीलाई धरहरा निर्माणका लागि रकमको आवश्यकता छ। यसमा लगानी गर्न नेपाल टेलिकम इच्छुक छ। दुवै पक्षबीच छिटो सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।’

नेपाल टेलिकमले यस अघि नै धरहरा पुर्ननिर्माणका लागि ३ अर्ब खर्च गर्ने बताइसकेको छ।

सरकारले यस परियोगनाको अध्ययन तथा तयारीका लागि तीन वटा समिति गठन गसिकेको र पुरातत्व विभागले दिएको अध्ययनका आधारमा पुरानै संरचनामा नेपाल टेलिकमले धरहरा टावर निर्माण गर्ने राईले जानकारी दिए।

उठेको रकम टेलिकमलाई
ओली सरकारले धरहरा पुनःनिर्माणका लागि जनताको सहयोग लिने निर्णय गर्दै सर्वसाधरण बाट ६ महिनाको अवधि उठाएको दुई करोड पचास लाख रुपैयाँ टेलिकमलाई हस्तान्तरण गरिने पनि उनले बताए।

‘सरकारले यस परियोजनाका लागि सर्वसाधरणबाट रकम उठाउँदै आएको छ तर सो रकम अपुग हुन्छ त्यसैले उठेको रकम नेपाल टेलिकमलाई दिइने छ।

सूचना तथा संचार मन्त्रालयका सचिव तथा नेपाल टेलिकमका अध्यक्ष दिनेश कुमार थपलीयाले नेपाल टेलिकम धरहरा पुर्ननिर्माण गर्न सक्षम भएको बताए। उनले विस्तृत अध्ययनपछि संस्कृति पर्यटन तथा उड्यन मन्त्रालय, नेपाल टेलिकम र सूचना तथा सञ्चार मन्त्रलयबीच औपचारिक सम्झौता हुने जनाकारी दिए।

‘नेपाल टेलकमले धरहरा टावर निर्माण गर्छ र निर्माण पछि धरहरा पनि हामी आफै सञ्चालन गर्नेछौ। उनले नेपाल टेलिकमले धरहरा आफ्नो प्रचार प्रसारका लागि समेत प्रयोग गर्ने जनाए’, उनले भन।

पुरात्तत्व विभागले यसै महिनको सुरुमा प्रस्तावित २ सय ४५ फिट अग्लो नयाँ धरहराको विस्तृत विवरण सार्वजनिक गरेको थियो। प्रस्तावित अध्ययनअनुसार टक्सार विभागलाई अन्डर ग्राउण्ड संग्रालयका रुपमा नयाँ धरहरा टावरमा राखिनेछ। उक्त टावरमा लिफ्ट तथा दुई तल्ले अन्डरग्राउण्ड पार्किङ समेत व्यवस्था गरिनेछ।
 

प्रकाशित: ३ भाद्र २०७३ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App