७ वैशाख २०८१ शुक्रबार
कला

‘ईङघङ’ फेरी मञ्चन हुँदै

सभागृहमा नाटक ‘ईङघङ’मा रंगकर्मीहरु अभिनय गर्द। तस्बिर : नागरिक

धरान – गत माघ दोस्रो साता सफलतापूर्वक एक सातासम्म मञ्चन गरिएको नाटक ईङघङ धरानमा पुनः मञ्चन हुँने भएको छ।
दर्शक एवं नाटकप्रेमीहरुबाट आग्रह भएपछि नाटक घर बनाउने उद्देश्य लिएर पुनः धरान ८ स्थित सभागृहमा मञ्चनको तयारी गरिएको रंगभुमी एकेडेमीले जनाएको छ।

एकेडेमीका अनुसार ‘हामी सबै कलाकर्मी र धरानको चाहना र रहर, धरानमा अनिवार्य नाटक घर’ भन्ने नाराका साथ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म ईङघङ पुनः मञ्चन हुँनेछ। नाटक घर (थिएटर) अभावमा रंगकर्मीहरुले धेरै समस्या भोग्नु परिरहेकोले नाटक घर निर्माणको लक्ष्य बनाएर ईङघङ मञ्चन गरिने रंगभुमकीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानले बताए। उनले भने,‘यसअघि मञ्चन हुँदा ईङघङले अपार माया र साथ पायो, दर्शकहरुकै अनुरोधमा फेरी मञ्चन गर्दैछौं । यसपाली नाटक घर बनाउने हाम्रो उद्देश्य छ, सबै क्षेत्रबाट साथ सहयोगको अपेक्षा राखेका छौं।’

रंगभुमीको दोस्रो नाट्य प्रस्तुती रहेको ईङघङ गत माघ ९ गतेदेखि माघ १५ गतेसम्म सभागृहमा नै मञ्चन भएको थियो। पूर्वी लिम्बूवान गाउँको सँस्कार, सँस्कृति र प्रेमलाई जीवन्तरुपमा प्रस्तुत गरेको ईङघङलाई दर्शकहरुले असाध्यै मनपराएका थिए। जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि नाटक इङघङले आवाज उठाएको छ। कलाकारहरुको अभिनय पनि जीवन्त छ।

दर्शकहरु पटक पटक नाटक हेर्न सभागृह पुगेका थिए। त्यसबेला एक दिनमा ३ पटकसम्म मञ्चन भएर इङघङले रेडर्क बनाएको थियो। चालिसको दशक धरानको रंगमञ्चको स्वर्णिम समय मानिएपनि दिनमा ३ पटक मञ्चन भएको इतिहास थिएन। कतिपयले नाटक हेर्न नपाएको गुनासो गरेकाले पनि पुनः मञ्चन गर्ने निर्णय गरिएको रंगभुमीले बताएको छ। ‘धेरै जनाले नाटक हेर्न छुटाएको प्रतिक्रिया दिनुभयो, त्यसपछि फेरी मञ्चन गर्नुपर्छ भन्ने निर्णणमा पुग्याैं,’निर्देशक मोक्तानले भने।

नाटकको लेखन तथा निर्देशन मोक्तानले गरेका छन्। नाटकमा निर्देशक मोक्तानसहित दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, पे्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको अभिनय छ। यस्तै, निर्माण संयोजनमा स्पन्दन राजा, संगीत विनायक राई, केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र नेत्र छन्त्यालको बिशेष सहयोगीको रूपमा रहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७४ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App