८ वैशाख २०८१ शनिबार
खेल

स्कटल्यान्ड र जिम्बाव्बेको दोस्रो जित

काठमाडौं – अफ स्पिनर टोम सोलेको चार विकेटप्रेरित स्टकल्यान्डले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगितामा दोस्रो विजय हासिल गर्ने क्रममा मंगलबार हङकङलाई चार विकेटले हराएको छ।

बुलाबायो एथलेटिक क्लबमा टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले ३८.२ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । ९२ रनको लक्ष्य स्कटल्यान्डले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै स्कटल्यान्डले समूह ‘बी’ को शीर्ष तीनमा रहेर सुपर सिक्स खेल्ने सम्भावना बलियो बनाएको छ।

९२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डका लागि ओपनर केली कोइट्जरले अविजित ४१ रन बनाए । ६० बल खेलेका कोइट्जले ५ चौका र १ छक्का प्रहार गरे । जर्ज मुन्नीले १८ बलमा ५ चौकासहित २२ रन जोड्दा कलुम म्याकलिवडले १० रन बनाए । हङकङका इसान खानले ३, इसान नवाजले २ तथा अजिज खानले १ विकेट लिए।

त्यसअघि हङकङका लागि ओपनर निजाकात खानले २६, अजिज खानले १७ रन बनाएका थिए । इसान खान १७ रनमा अविजित रहे । स्कटल्यान्डका सोलेले १० ओभरमा ५ मेडन राख्दै १५ रन दिएर ४ लिए । आलसदइर इभान्सले ३, मार्क वाटले २ तथा सुफियान सरिफले १ विकेट लिए । स्कटल्यान्डले तेस्रो खेल बिहीबार नेपालसँग खेल्नेछ।

समूह ‘बी’ को अर्को खेलमा जिम्बावेले अफगानिस्तामाथि रोमाञ्चक २ रनको जित निकाल्यो । आयोजक जिम्बावेले जारी प्रतियोगितामा लगातार दोहोरो जित दर्ता गरेर समूह ‘बी’ बाट शीर्ष तीनमा पर्दै सुपर सिक्समा पर्ने सम्भावना बलियो बनाएको छ भने अफगानिस्तानले लगातार दोस्रो पराजय भोग्न बाध्य भएको छ।

क्विन्स स्पोटर्स क्लबमा टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले ४३ ओभरमा सबै विकेट गुमाई १ सय ९६ रन बनायो । जबाफी ब्याटिङ गरेको अफगानिस्तान ३ बल बाँकी रहँदा  १ सय ९४  रनमा समेटियो।

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App