८ वैशाख २०८१ शनिबार
खेल

लियोनमाथि जरिवाना

डर्बान – दक्षिण अफ्रिकाविरुद्ध किङ्समेडमा सम्पन्न पहिलो टेस्टमा विपक्षी ब्याट्सम्यान एबी डी भिलियर्स रनआउट हुँदा जनाएको खराब प्रतिक्रियाका कारण अस्ट्रेलियाली स्पिनर नाथान लियोनमाथि खेल पारिश्रमिकबाट १५ प्रतिशत जरिवाना गरिएको छ।

चार खेलको शृंखलाअन्तर्गत पहिलो टेस्ट अस्ट्रेलियाले सोमबार १ सय १८ रनको अन्तरमा जितेको थियो । तर दोस्रो इनिङमा डी भिलियर्स नाटकीय रूपमा रनआउट हुँदा खुसी मनाएको तरिकाका कारण भ्रमणकारी टोलीको व्यापक आलोचना भइरहेको छ।

डी भिलियर्सलाई खाता खोल्न नपाउँदै रनआउट गर्ने क्रममा बेल झारेका लियोनले त्यसपछि निकै अभद्र पारामा खुसी मनाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लियोनको प्रतिक्रिया खेलभावनाविपरीत भएको भन्दै उनलाई जरिवाना गरेको हो । म्याच रेफ्री जेफ क्रोवेको प्रस्तावअनुसार जरिवानामा परेपछि लियोनले त्यसलाई स्वीकार गरेका छन् ।

घटनालगत्तै उनले डी भिलियर्ससँग माफी मागेको बताइएको छ । सोमबार वार्मअप दौरान पनि दुई खेलाडीले हात मिलाउने क्रममा आत्मीयता प्रदर्शन गर्न खोजेका थिए । लियोनले पहिलो टेस्टमा १ सय ३६ रन खर्चिंदै ३ विकेट लिएका थिए।

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App