७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रखाइनमा ‘जातीय सफाया’ जारी छ : राष्ट्रसंघ

तस्विर : एजेन्सी

यांगुन– म्यानमारको रखाइन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमाथि दमन जारी रहेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार बताएका छन्। 

‘म्यानमारमा रोहिन्जामाथिको जातीय सफाया चलिराखेको छ,’ राष्ट्रसंघीय मानवअधिकार आयोगका सहायक महासचिव एन्ड्रयु गिल्मोरले बताए।‘हालै सम्पन्न एक सर्वेक्षणमा उक्त क्षेत्रमा अहिले पनि द्वन्द्व जारी नै रहेको पाइएको छ जसका कारण त्यहाँका मानिसमा भोकमरीको अवस्था सृजना भएको छ,’ उनले बताए ।

बंगलादेशमा शरणाथी जीवन बिताइरहेका शरणार्थीहरूमा गरेको सर्वेक्षणका क्रममा उक्त राज्यमा अहिले पनि रोहिन्जा मुसलमानमाथिको जातीय सफायाको क्रम नरोकिएको उनले बताए । उक्त राज्यमा गएको ६ महिनायता सेनाका तर्फबाट यस्तो कार्य निरन्तर भइरहेको छ भन्दा कुनै गल्ती हुँदैन,’ संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उपमहासचिव एन्ड्रयु गिलमरले बताए ।

गत अगस्ट २५ देखि जारी द्वन्द्वका कारण रखाइन राज्यबाट भागेर छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्न पुगेका रोहिन्जा अझै स्वदेश फर्किन पाएका छैनन् । बंगलादेशको शरणार्थी शिविरमा कम्तीमा सात लाख म्यानमाली शरणार्थी रहेका छन् ।  म्यानमारको सरकारी सेनाले भने रखाइन राज्यमा रोहिन्जा लडाकुसँग लडिरहेको तर गैरसैनिकलाई निशाना नबनाएको दाबी गर्ने गरेको छ।

उपमहासचिव गिलमरले हालैमात्र बंगलादेशको कोक्स बजारस्थित रोहिन्जा मुसलमान बसिरहेका शरणार्थी शिविरको भ्रमण गरेका थिए । शरणार्थी शिविरमा उनले भेट गरेका अधिकांश शरणार्थीहरूले आफ्नो जन्मथलोमा अहिले पनि असुरक्षित अवस्था रहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका थिए ।

    

     

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App