coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी अनुदान लिएपछि हत्या

मलेखु- दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो ।

हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन् ।  उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ । घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा पर्ने भएकाले बिहीबार राति मात्र अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 

हर्कबहादुरको किन र कसले हत्या गरेको हो भन्ने अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रकाशित: ३ भाद्र २०७३ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App