चीनसँग कनेक्टिभिटी बढाउन सुझाव

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

बुधबार, २३ फागुन २०७४, ०६ : २० गुणराज लुइँटेल/सुवास घिमिरे

साहिद खाकान अब्बासी, प्रधानमन्त्री, पाकिस्तान
काठमाडाै‌ - पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’
बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।

‘हामीले राजमार्ग बन्न सक्दैन भनी ठानेका ठाउँमा आज निर्माण सम्पन्न गरेका छौं । रेल आउन सक्दैन भनिएका खास ठाउँमा रेल पुगेको छ । हामीले चीनसँग १५ सय किलोमिटर राजमार्गबाट व्यापार गर्छौं । यो बाह्रै महिना खुला छ र व्यापार फस्टाएको छ । नेपालसँग पनि त्यो सम्भावना छ,’ उनले चीनसँग कनेक्टिभिटी बढाउन नेपाललाई सुझाव दिए।

बिआरआईका विषयमा सोमबार सम्पन्न नेपाल–पाकिस्तान द्विपक्षीय वार्तामा समेत आफूले नेपाली समकक्षी केपी शर्मा ओलीसँग छलफल गरेको उनले जानकारी दिए । उनले भने, ‘बिआरआई खासगरी चीनको पश्चिमतर्फ जाने योजना हो र त्यसमा यस क्षेत्रका सबै देश आपसमा जोडिनेछन् । त्यहाँ अवसर छ र हामीले त्यसलाई उपयोग गर्नुपर्छ।’

कनेक्टिभिटीले पावर प्लान्ट, राजमार्ग, सडक, बन्दरगाह, विमानस्थल, रेल संयन्त्र आदिमा लगानी ल्याउने दाबी उनले गरे । ‘नेपालले हाम्रो अनुभवबाट धेरै सिक्न सक्छ । राम्रो कनेक्टिभिटी भन्नु नै अझ स्वतन्त्रता र आर्थिक वृद्धिका निम्ति थप सम्भावना पनि हो,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने ।  
उनले नेपाल र पाकिस्तानबीच व्यापार र जनस्तरको सम्बन्ध बढाउनुपर्नेमा पनि जोड दिए । उनले दुई देशका निजी क्षेत्रले पहिचान र उपयोग गरे सरकारले व्यापार अवसरका निम्ति सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए । अब्बासीले नेपाल र पाकिस्तानलाई बुद्ध धर्मले जोड्न सकिने पनि बताए ।

बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ । सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई बिआरआईसँग जोड्नु आवश्यक छ । जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

उनले भने, ‘पाकिस्तानमा रहेका महत्वपूर्ण बौद्ध स्थललाई उचित संरक्षण गरएको छ । नेपाली तीर्थयात्रीका निम्ति ती महत्वपूर्ण हुन्छन् ।’नेपाल–पाकिस्तान द्विपक्षीय बैठकमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ नेपालमा र ५ पाकिस्तानमा रहेका विषयमा चर्चा भएको जानकारी दिँदै उनले हिमालमा दुई देशको एकाधिकार रहेको बताए । ‘हिमालमा हाम्रो एकाधिकार छ । हामीले एकअर्कासँग सिक्न र संयुक्त पर्यटन गतिविधि गर्न सक्छौं । यो संसारको अद्वितीय क्षेत्र हो,’ उनले नेपाल–पाकिस्तान सहकार्य गर्न सकिने पनि बताए।
 

अब्बासी स्वदेश फिर्ता
काठमाडौं– नेपालको दुईदिने भ्रमण सम्पन्न गरी पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी स्वदेश फर्केका छन् । स्वदेश फर्किनुअघि मंगलबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए।

भेटमा उनले राष्ट्रपति भण्डारी र नेपाली जनतालाई सबै निर्वाचन र संघीय संरचनामा सरकार गठन गर्न सफल भएकोमा बधाई दिएका थिए । भेटमा राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री दुवैले दुई देशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए । दुवैजनाले आगामी दिनमा आपसी हित हुने गरी सहयोग तथा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए । भेटमा दुई नेताबीच नेपाल–पाकिस्तानको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो । अध्यक्ष दाहालले भेटमा पाकिस्तानले नेपालको शान्तिप्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा दाहालले अब नेपालको ध्यान स्थायित्व, सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुने बताएका थिए । ‘यो प्रक्रियामा पाकिस्तानबाट हामीले विगतझैं सहयोग चाहेका छौं,’ अध्यक्ष दाहालले भनेका थिए । भेटमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीका लागि छुट्ट्याइएको कोटा दोब्बर गरिएको जानकारी दिएका थिए । उनले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने बताएका थिए । उनले पाकिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आयोजना गर्ने तयारीमा जुटेको समेत बताए।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार नै काठमाडौंस्थित सार्क सचिवालयको भ्रमण गरेका थिए । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी बधाई तथा शुभकामना दिएका थिए ।सोमबार नै नेपाल–पाकिस्तान द्विपक्षिय बैठक सम्पन्न भएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad