७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाबुरामलाई पार्टीमा फर्कन दाहालको आग्रह

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्तिका संयोजक एवं पूर्व माओवादी नेता नेता बाबुराम भट्टराईलाई पार्टीमा फर्कन आग्रह गरेका छन्। 

नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउँदै अधयक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेकाले बाबुराम माओवादीमा फर्कनु आजको आवश्यकता भएको बताए। जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै उनले भने, ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला।’ 

राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उनको भनाइ थियो । ‘संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ। नक्कली, सक्कली बनेर हुँदैन। पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ’, अध्यक्ष दाहालले भने।

प्रकाशित: २२ फाल्गुन २०७४ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App