झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

मङ्गलबार, २२ फागुन २०७४, २० : ५० नागरिक

झापा – झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो। 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो। टाइब्रेकरमा सहारा फुटबल क्लब पोखराका भीषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए। 

मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो। पोखराका विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गर्न सकेका थिए। 

खेलको ‘म्यान अफ द म्याच’ मनाङका अन्जन विष्ट घोषित भए। उनले रु २५ हजार पुरस्कार पाएका छन्। 

बुधबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेडबीच हुनेछ। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad