coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा मानवअधिकार हनन् भयो : अधिकारवादीहरू

अङ्कारा- टर्कीमा गतमहिना सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको सरकारले जारी राखेको कारबाहीका क्रममा मानवअधिकार हनन् भएको भनाई यहाँका अधिकारवादीहरूको छ । टर्कीको सरकारले उक्त असफल सैनिक कूको पक्षमा लागेको आरोमा कैयौँलार्ई थुनामा राखी कारबाही गरेको छ । हजारौँ हजार व्यक्तिलाई सेनाले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

केही समयमा अघि पनि हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका थिए । यसका अतिरिक्त कारबाहीका क्रममा सरकारी कर्मचारी, प्राध्यापक, कूटनीतिज्ञका साथै विपक्षी दलका नेताहरूलाई पनि नियन्त्रणमा लिएको छ । जसका कारण यहाँ आतङ्क नै मच्चिएको बताइन्छ ।

टर्कीको सरकारले अनुसन्धानका नाममा यसरी जारी राखेको कारबाहीका कारण टर्कीमा ठूलो सङ्ख्याका नागरिकमाथि ज्यादति जारी रहेको भन्दै अधिकारवादीहरूले यस्तो कार्य रोक्न आग्रह पनि गरेका छन् ।

तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति बिदामा रहेका बेला गत महिना गरिएको ‘कू’ को प्रयास घण्टौँ लामो लडाइपछि सरकार पक्षीय सेनाले नियन्त्रणमा लिएको थियो ।

कैयौँ प्राध्यापक, कर्मचारी, नेताहरूलगायत वरिष्ठ अधिकारीहरूमाथि आरोप लागाइएको र हिरासतमा लिइएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।

इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थियो भने त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।

राष्ट्रपति तैयप बिदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

प्रकाशित: ३ भाद्र २०७३ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App