५ वैशाख २०८१ बुधबार
कला

बलिउडकी ‘शम्मी आन्टी’को निधन, अभिताभ दुःखी

मुम्बई – बलिउडकी दिग्गज कलाकार ‘शम्मी आन्टी’को निधन भएको छ। ‘देख भाई देख’, ‘कूली नम्बर १’ तथा ‘खुदा गवाह’जस्ता हिट फिल्ममा काम गरेकी शम्मीको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले दुई सय फिल्ममा काम गरेकी छन्। उनले पछिल्लो समय फराह खान र बोमन इरानीको फिल्म ‘शिरी फरहाद की तो निकल पडी’मा देखिएकी थिइन्। यो नै उनले अभिनय गरेको अन्तिम फिल्म बन्न पुगेको छ। फिल्मका आलावा उनले टेलि सिरियलमा पनि काम गरेकी छन्। 

शम्मीको निधनप्रति अभिनेता अमिताभ बच्चनले दुःख व्यक्त गरेका छन्। उनले विस्तारै विस्तारै सबै गइरहेको चिन्ता व्यक्त गरेका छन्। यसअघि श्रीदेवीको निधन भएपछि उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

प्रकाशित: २२ फाल्गुन २०७४ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App