coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव

संसद बैठकमा बोल्दै यादव। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘

२०४७ सालको संविधानलाई संसारको उत्कृष्ट भनियो यो अहिले कहाँ छ, कसैलाई पत्तो छैन भन्दै प्रश्न गरे। ‘अहिले हामीले पाएको संविधानमा संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषय छन्’, उनले भने, ‘तर देशको जनु सांस्कृतिक संरचना छ यसमा अनेक समुदाय छन्। ति समुदायको दृष्टिकोणबाट हेर्दा गम्भिरखालका त्रुटी संविधानमा रहेका छन्।

प्रधानमन्त्रीको विदेश भ्रमणलाई हेरेर जनता पनि त्रशित हुने गरेको बताउँदै यादवले राष्ट्रिय सुरक्षाको कुरा, आर्थिक विकासमा, र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए।

अल्पविकसित देशबाट माथि उकास्न ध्यान दिनु परन्मा यादवले जोड दिए। यसको लागि राष्ट्रिय हितमा राष्ट्रिय सहमति आवश्यक छ भएको उनको भनाई थियो। वैदेशिक सम्वन्धका सम्वन्धमा एकमत हुन जरुरी रहेको बताउँदै यादवले फलानो पार्टीको फलानो नीति छ भन्ने नभई यो देशको नीति हो भन्ने हुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको विदेश भ्रमणलाई हेरेर जनता पनि त्रशित हुने गरेको बताउँदै यादवले राष्ट्रिय सुरक्षाको कुरा, आर्थिक विकासमा, र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए।

उदारवाद र नीजिकरणले उद्योग धन्दा बन्द भएको बताउँदै उनले कलकारखानलाई सञ्चालनमा ल्याउने र विदेश जाने जनशक्तिलाई यहीँ काम दिन पर्ने धारणा राखे।

विगतको भूमि सुधार नीति भुणी सुधार नीतिमा परिणत भएको बताउँदै उनले नयाँ भूउपयोग नीति ल्याउन जरुरी भएको बताए। कृषि योग्य जमिनलाई बचाउनु अहिलेको आवश्यक भएको यादवले बताए। जलस्रोत, पर्यटनलाई उपयोग गर्ने हो भने गरिबीको अन्त्य हुने उनको धारणा थियो।

विकासको मुल रहस्य शिक्षा भएको बताउँदै हाम्रो शिक्षा क्षेत्र विद्यालयदेखि विश्वविद्यालयसम्म स्तरहिन भएकोले यसको सुधार आवश्यक भएको बताए। स्तरहिन शिक्षणले देश विकास हुन नसक्ने उनको धारणा छ।

देशको मुख्य चुनौति भ्रष्टाचार र कमिशन तन्त्र भएको यादवले बताए। ‘तलदेखि माथी सम्म यो फष्टाएको छ’, उनले भने ‘कलो पैसाको चुनौती छ। आज बजार सरकारको नियन्त्रणमा छैन। बजार राज्यले नियन्त्रण गर्दैन जनताले कसरी राहत पाउने। यसरी कसरी लोककल्याणकारी राज्य आउँछर?’ आयातलाई घटाउने उत्पादन बढाउने र निर्यातलाई बढाउने अवस्थामा कहिले जाने ? उनको प्रश्न थियो।  

‘विदेशबाट यहाँ के आउँछ कसैलाई थाहा हुँदैन’, उनले भने ‘ठूलो ठूलो लगानी हुने तर राज्यलाई थाहा नहुने त्यसमा ठूला नेता र पार्टी पनि जोडिने। यसले राष्ट्रिय एकतालाई बलियो बनाउँदैन।‘

प्रकाशित: २२ फाल्गुन २०७४ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App