६ वैशाख २०८१ बिहीबार
खेल

च्याम्पियन्स लिग : के पिएसजीले रियल मड्रिडलाई राेक्ला ?

फ्रान्स – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।

घरेलु मैदानमा हुँने खेलमा पिएसजी दबाबकाबीच मैदानमा उत्रदैछ। रियलको घरेलु मैदाममा पहिलो लेगमा ३–१ ले पराजित भएको पिएसजीलाई अघिल्लो चरणमा प्रवेश गर्न सहज भने हुँनेछैन्। स्टार स्ट्राइकर नेइमार खुट्टाको शल्यकृया कारण तीन महिना मैदान बाहिर रहने भएकाले पिएसजीका लागि टाउको दुखाइको विषय बनेको छ।

आजको खेलमा रियललाई रोक्दै ३ गोल गरेको खण्डमा मात्र पिएसजीले अघिल्लो चरणको यात्रा तय गर्नेछ।

अघिल्लो वर्षको च्याम्पियन्स लिगमा बार्सिलोनासँग पहिलो लेगमा ४–० को जित निकालेको पिएसजी दोस्रो लेगमा भने ६–१ को हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

यो सिजन घरेलु मैदानमा खेलेका कुनैपनि खेलमा पिएसजीले हार बेहोरेको छैन। च्याम्पियन्स लिगका पछिल्ला ३ खेलमा रियललाई पिएसजीले पराजित गर्न सकेको छैन्।

त्यस्तै लिग अन्र्तगत रातिनै हुँने अर्को खेलमा इङलिस क्लब लिभरपुल र पोर्चुगीज क्लब एफसी पोर्टो आमने सामने हुँदैछन्। घरेलु मैदान सम्पन्न पहिलो लेगमा लिभरपुलसँग ५–० को फराकिलो हार ब्यहोरेको पोर्टोलाईे अघिल्लो चरणको यात्रा तय गर्न भने कठिन देखिएका छ।

लिभरपुललाई रौक्दै आजको खेलमा ६ गोल गरेमात्र पोर्टोको अघिल्लो चरणमा प्रवेश गर्ने ढोका खुल्ला हुँनेछ। दुवै खेल नेपाली समय अनुसार राती साढे एक बजेबाट सुरू हुँनेछन्।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App