coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान गीता, कुरान, वाइवल होइन : महतो

तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान गीता, कुरान, वाइवल नभएको बताएका छन्। संसद बैठकमा बोल्दै महतोले संविधानबारे बोल्दै अनेक आरोप लगाइएको बताए। ‘समावेशीताको बारेमा बोल्दा साम्प्रदायीकताको आरोप लगाइयो’, महतोले भने, ‘सबैलाई अपनत्वको भावनाका साथ अघि बढाउनु पर्छ।’

उनले संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई समेत दिए। ‘जनमत प्राप्त गर्नु भएकोमा तपाईहरुलाई बधाई छ’, उनले भने ‘नयाँ युगको निर्माणको लागि तपाईहरुको ठूलो भूमिका रहनेछ।’ दिल ठूलो बनाएर देश बनाउन उनले नेताहरुलाई आग्रह गरे। ‘ठूलो पार्टी बनाउनु भयो, बृहत पार्टी बनाउनु भयो अब दिल ठूलो बनाउनुस्’ महतोले भने।

सामाजिक सद्भाव कायम नभएसम्म देश अघि बढ्न नसक्ने उनको भनाई थियो। कार्पेटको तल फोहोर लुकार सफा नहुने उनको भनाई थियो। लडाई झगडाबाट देश बाहिर निस्कनु पर्ने महतोले बताए।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App