१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालको विकासका लागि हामी चीन र भारत दुवै परस्त: दाहाल

तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताएका छन् । 

आज मंगलवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘हामी चाँडै मिल्दैछौ । वामगठबन्धन धेरै दिन नरहनेवाला छैन।’ 

गएको निर्वाचनमा वाम गठबन्धनले दिएका स्थायित्व, सुशासन र विकासको नारालाई जनताले समर्थन गरेको उल्लेख गर्दै दाहालले भने, ‘हामी त्यसमा इमान्दार हुनुपर्छ र अबको पाँच वर्षमा विकासको आधार खडा गर्न सक्नुपर्छ ।’

नेपालको इतिहासका सबै मुख्य परिवर्तनको आन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको जिकिर गरेका कांग्रेस सभापति देउवाको भनाईलाई खण्डन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘इतिहासका उपलब्धि राष्ट्रिय सहमतिबाटै प्राप्त भएको कुरा स्मरण गराउँछु ।’ थप उदाहरण दिंदै दाहालले भने, ‘जनआन्दोलन र जनयुद्धको फ्युजन गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाटै भएको हो ।’

शान्ति सम्झौता र संविधान सभाको मार्गचित्रबाट मुलुक राजनीतिक स्थायित्वमा आएको उल्लेख गर्दै दाहालले नयाँ संविधान र निर्वाचनसँगै राजनीतिक लडाई सम्पन्न भएको बताए । संविधानको परिमार्जन र विकसित गर्नुपर्ने कुरा अझै बाँकी रहेको बताउँदै दाहालले संविधानले नै मार्गनिर्देश गरे अनुसार राष्ट्रिय सहमतिकै आधारमा अघि बढ्ने उल्लेख गरे ।

जनताले अनुमोदन गरेका स्थायित्व, सुशासन र विकासका नारालाई सफल बताउन लाग्नुपर्ने बताउँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘हिजोजस्तो सत्ताको लागि वेथितिमा लाग्ने छैनौ । अनेक खालका विसंगती लुकाउन सत्तापक्ष र प्रतिपक्ष लाग्नेछैनौ भन्ने संकल्प गर्नुपर्छ ।’ 

अहिलेको वाम गठबन्धन चीन परस्त भएको आशंकालाई चिर्ने प्रयास गर्दै दाहालले भने, ‘हामी न चीन परस्त, न भारत । नेपालको विकासका लागि हामी दुवै परस्त ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App