७ वैशाख २०८१ शुक्रबार
राजनीति

अब्बासी र दाहालबीच भेटवार्ता

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

अब्बासी बसेको होटेल हायातमा मंगलबार बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा उनीहरूबीच छलफल भएको थियाे।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा अब्बासीसँग छलफल भएको बताए।

अध्यक्ष दाहालले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिएका थिए।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको दाहालले जानकारी दिए।

बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगाएतको सहभागिता थियो।

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App