७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधानका अाधारभूत स‌ंरचनालाई तल माथि पार्ने काम नहाेस्: देउवा

तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरुले बोल्ने क्रम जारी छ । बैठकमा मन्तव्य राख्दै नेताहरुले मुलुकका राजनीतिक एजेन्डा पुरा भएको उल्लेख गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा पुर्याउनुपर्ने बताएका छन् । 

 नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य गराउने बाटोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै ‘संविधानका आधारभूत संरचनालाई तलमाथि पार्ने काम कतैबाट नहोस्’ भन्ने कामना गरे । 
देउवाले भने, ‘धेरै ठूलो बलिदानपछि प्राप्त उपलब्धिहरुलाई फेरि परिवर्तन गर्ने प्रयत्न नहोस्’ । 

त्यस्तै कांग्रेस सभापति देउवाले स्वतन्त्र न्यायालयको सम्मान होस् भन्ने आशा व्यक्त गर्दै त्यसलाई सताउने धम्काउने तथा तर्साउने काम नहोस् भन्ने आशा व्यक्त गरे । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता तथा स्वतन्त्र सांसदहरुले सम्बोधन गर्दैछन् । 

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App