१२ दिनको बीचमा २ जना बलात्कृत

मङ्गलबार, २२ फागुन २०७४, १२ : ११ नागरिक

रोल्पा – रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी २ जना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका अनुसार किशोर र किशोरीका बीच आठ÷नौ महिनादेखि टेलिफोनमा सम्पर्क हुँदै आएको थियो।

यसरी टेलिफोनमा हुँने कुराकानीका क्रममा किशोरले किशोरीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर आफ्नो घरमै लगी बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ। पीडित पक्षबाट इप्रका सुलिचौरमा गतः बुधबार निवेदन परेपछि प्रहरी टोली घटनास्थलमा पुगी विस्तृत जानकारी लिएको थियो। अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ।

यसैगरी, रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय, होलेरी, रोल्पाले सोमबार जानकारी दिएको छ। साँझ करिब ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री लिएर फर्कने क्रममा ती महिला बलात्कृत भएकी हुन्।

इलाका प्रहरी कार्यलय रोल्पाका प्रहरी नायव निरीक्षक खड्कबहादुर डाँगीका अनुसार चारजना अभियुक्तलाई हाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिसकेको छ भने एकजना फरार रहेका छन्। उनको खोजीकार्य तीव्र पारिएको छ। यसरी बलात्कृत भएकी महिलालाई योजनाबद्ध तरिकाले अभियुक्तले बोल्न कराउन नदिई बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको इप्रकाले जनाएको छ।

इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिए। उहाँका अनुसार दुवै घटनाका अभियुक्तलाई म्याद थप गरी अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ।   (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad