८ वैशाख २०८१ शनिबार
कला

विक्रमको तस्बिर उत्कृष्ट

काठमाडौं– ‘उद्यमीको कथा’को विषयमा रहेर राजधानीमा आयोजना गरिएको फोटो प्रतियोगितामा विक्रम रौनियार उत्कृष्ट भएका छन् । समृद्धि फाउन्डेसनले आयोजना गरेको ‘उद्यमीको कथा, एक तस्बिर प्रतियोगिता’मा विक्रमले खिचेको तस्बिरले उत्कृष्ट उपाधिसहित ५० हजार रुपैयाँ राशिको पुरस्कार पाएको हो।

साना तथा मझौला उद्यमीको कथामा आधारित रहेर खिचिनुपर्ने तस्बिरमा विक्रमको तस्बिर उत्कृष्ट हुँदा आभाष कर्माचार्य र सागर पौडेलले क्रमशः ३० हजार र २० हजार रुपैयाँ राशिको दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरे । प्रतियोगितामा अमित बनमालाले फेसबुकमा प्राप्त गरेको सर्वाधिक लाइकका आधारमा विशेष पुरस्कार स्वरुप एउटा स्मार्टफोन पाए।

समृद्धिले जनवरी ५ देखि २० सम्म तस्बिर प्रतियोगिता आयोजना गरेको थियो । यो अवधिमा ओनियन फिल्मस्का निर्देशक तथा सह–संस्थापक गोविन्द सिवाकोटीले अहिलेको समयमा फोटोग्राफीको महत्व दर्शाउँदै दृश्य माध्यमले समाजमा पार्ने प्रभावका विषयमा प्रशिक्षण दिएका थिए । समृद्धिका अनुसन्धान सहजकर्ता आकाश श्रेष्ठले नेपालमा साना तथा मझौला उद्योगको विषयमा विचार व्यक्त गरेका थिए।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App