८ वैशाख २०८१ शनिबार
खेल

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

इङल्याण्ड – नेमान्जा माटिकले दोस्रो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न खेलमा युनाइटेडले १८ औं स्थानको क्रिष्टल प्यालेसलाई ३–२ हरायो।

युनाइटेडले २–० ले पछि परेको अवस्थालाई उल्ट्याउदै जित निकालेको हो। खेलको ११ औं मिनेटमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको क्रिष्टलका लागि दोस्रो हाफको तेस्रो मिनेटमा प्याट्रिक भान आनहोल्टले अर्को गोल थपेपछि अग्रता दोब्बर बनायो। तर युनाइटेडका लागि ५५ औं मिनेटमा  क्रिस स्मेलिङ, ७६ औं मिनेटमा रोमेलु लुकाकु र इन्जुरी समयमा नेमान्जा माटिकले लगातार गोल गरेपछि युनाइटेडले संघर्षपूर्ण खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो।

जितसँगै म्यानचेस्टर युनाईटेड २९ खेलबाट ६२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजिते क्रिष्टल प्यालेस भने २९ खेलबाट २७ अंकका साथ रेलिगेसन जोनमा रहेको छ। पहिलो स्थानको म्यानचेष्टर सिटी युनाइटेड भन्दा १६ अंकले अघि रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App