coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रसफोर्डबारे साउथगेट चिन्तित

लन्डन – विश्वकप नजिकिँदै गर्दा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मार्कुस रसफोर्डलाई इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले विश्वास गरे टोलीमा समेट्ने बताए।

दुई वर्षअघि युनाइटेडबाट डेब्यु गर्नेबित्तिकै प्रभावशाली प्रदर्शन गरेका २० वर्षे रसफोर्डलाई इङ्ल्यान्डका तत्कालीन प्रशिक्षक रोए हड्सनले २०१६ को युरोपियन च्याम्पियसिपको टोलीमा समावेश गरेका थिए।

इङ्ल्यान्डबाट १५ खेल खेलिसकेका रसफोर्ड टोलीका महत्वपूर्ण सदस्य बनिसकेका छन् । तर, रसियामा हुने विश्वकप दिनगन्ती सुरु हुँदा रसफोर्डले युनाइटेडबाट खेल्न नपाएपछि इङ्ल्यान्ड प्रशिक्षक साउथगेट चिन्तित बनेका छन् । युनाइटेड प्रशिक्षक माउरिन्होले पछिल्लो पटक ‘बक्सिङ डे’ मा पहिलो रोजाइ बनेका रसफोर्डले अझै खेल्न नपाउने संकेत गरे।

‘होइन, म कसैलाई आश्वासन दिन सक्दिनँ,’ सोमबार हुने क्रिस्टल प्यालेसविरुद्धको खेलअघि प्रशिक्षक माउरिन्होले भने, ‘सधैं छनोट हुनु नै उनका लागि सबैभन्दा ठूलो आश्वासन हो । रसफोर्ड पहिलो रोजाइ वा वैकल्पिक खेलाडीमा नपरेको कुनै एउटा खेल छैन ।’
अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरोको उदाहरण दिँदै क्लबबाट नियमित नखेले पनि सधैं राष्ट्रिय टोलीमा परेको बताए । युनाइटेडमा वैकल्पिक गोलकिपर रोमेरो अर्जेन्टिनाको पहिलोे रोजाइमा पर्छन्।

‘त्यसैले रसफोर्डलाई खेलाउने नखेलाउने साउथगेटमा भर पर्छ,’ माउरिन्होले थपे, ‘यदि उनले प्रशिक्षकको विश्वास जित्न सके टोलीमा पर्छन् । युनाइटेडबाट खेल्नु नखेल्नुले केही फरक पर्दैन।’

माउरिन्होले अग्रपंक्तिमा फरक–फरक स्थानबाट खेल्न सक्ने रसफोर्ड अझै युनाइटेडको मुख्य खेलाडी भएको बताए ।
‘यो उमेरमा उनले जस्तो प्रदर्शन गरेका छन्, त्यो सामान्यभन्दा धेरै हो । दिन प्रतिदिनको अनुभवबाट उनले सिकिरहेका छन् । त्यो हाम्रो लागि खुसीको कुरा हो र भविष्यका लागि राम्रोे,’ माउरिन्होले भने, ‘तर, उनले सुरुमा गरेको प्रभावशाली प्रदर्शनका कारण सबैले धेरै अपेक्षा गरेका छन् । तर त्यति सहज छैन।’

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App