coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्कुटर दिवस मनाउँदै यामाहा

काठमाडौं– यामाहाले फागुन २३ लाई स्कुटर दिवसका रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै स्कुटर दिवस मनाउन लागेको यामाहाले जनाएको हो।

‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर दिवस मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘स्कुटर डे यामाहाले गत साता सुरु गरेको एसस्कुटर अभियानकै एउटा हिस्सा हो।’

स्कुटर दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना हुनेछ । जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर दिवसमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निःशुल्क वास गर्न सक्ने विज्ञप्तिमा छ ।स्कुटर दिवसकै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुईवटा यामाहा स्कुटर हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरेको विज्ञप्तिमा उल्लेख छ ।यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडीबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने जनाएको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App