coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपीएफसँग थ्री स्टारको बदला

एपिएफ र थ्री स्टारका खेलाडीहरू बल लिन प्रतिस्पर्धा गर्दै । तस्बिर/ नागरिक

दमक- थ्री स्टार क्लबले चितवनमा सम्पन्न विकास रनिङ शिल्डको बदला लिदै झापा गोल्डकपमा बिजयी शुरुवात गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबसँग तीन दिन अघि चितवनमा भएको गोल्डकमा १−०को हारको बदला लिदै जितेको हो।

झापा गोल्डकपको तेस्रो दिनको खेलमा एपीएफलाई १−० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले बदला लिएको हो । चितवनमा सम्पन्न बिकास रनिङ शिल्डको फाइनल खेलमा एपीएफले थ्री स्टारलाई १−० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो।

थ्री स्टारको जितका लागि बिदेशी खेलाडी अजय मार्टिनले निर्णयक गोल गर्दै प्रतियोगीताको नायक बने । उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै उनले टीमलाई जित दिलाएका थिए । एपीएफका गोलकिपर अमृत कुमार चौधरी लडेको समयमा गर्दै गोललाई पोष्टको जाली चुमाए । सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए।

थ्री स्टारका सुनील बलको पहिलो हाफको ५ औ मिनेटको प्रहार एपीएफका गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फ्याकेका थिए । ९ औं मिनेटमा मार्टिनले पाएको अवसर फ्रेममा पर्न सकेन । २४ औं मिनेटमा हरि कार्कीले गरेको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गोललाइनबाट बचाएका थिए । ४१ औं मिनेटमा थ्री स्टारका स्ट्राइकर बुद्ध चेम्जोङको कडाा प्रहार गोल हुन सकेन।

५८ औं मिनेटमा मार्टिनको प्रहार गोलकिपर चौधरीले पञ्च गरेर फर्काए । खेलको ६४ औं मिनेटमा मार्टिनको कढा प्रहार एपीएफका पोष्ट बार र गोलकिपर चौधरीलाई छुदै  बाहिरियो । ७४ औ मिनेटमा एपीएफका रमेश दंगालको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ७५ औं मिनेटमा कप्तान निराजन खड्काले एकल प्रयासमा गरेको प्रहारले जाली नचुम्दा गोल अन्तर बढाउने अवसरबाट थ्री स्टार बञ्चित भएको थियो । खेलको ७८ औं मिनेटमा मार्टिनको शसक्त प्रहार एपीएफका गोलकिपर चौधरीले फर्काइदिए।

८५ औ मिनेटमा एपीएफका रोशन लामाले डि एरियाबाट गरेको कढा प्रहार बाहिरिएको थियो । खेलको इन्ज्युरी समयमा एपीएफका सुदिप शिखाकारले गरेको हेड बाहिरिएपछि थ्री स्टारले एपिएफसँग बिकास रनिङ शिल्डमा ब्यहोरोको हारको बदला लिएको थियो ।खेलको म्यान अफ द म्याच थ्री स्टारका अजय मार्टिन घाषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार प्राप्त गरे । मंगलबारको खेल मनाङ मर्याङदी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजक समितिले जनाएको छ।

खेलपछि शसस्त्र प्रहरीका प्रशिक्षक रतनकाजी महर्जनले निरन्तर खेल खेल्नु परेका  कारण उपेक्षित परिणाम आउन सकेको बताए । मैदानको बारेमा यथेक्ष्ट जानकारी नुहदाँ पराजय बेहोनुपर्याे, उनले भने ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टिम फर्ममा रहे पनि स्कोर राम्रो गर्न नसक्दा परिणाम सोचे अनुरुपको नआएको बताए । उनले खेल ६०−४० को अवस्थामा हुँदा समेत एउटामात्र गोल हुन सकेको बताए । प्रशिक्षक केसीले काठमाण्डौ बाहिरको उत्कृष्ट प्रतियोगीता भए सोचे अनुरुपको प्रदर्शन नभएको बताए । गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App