८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

इस्लामाबाद – पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् ।
पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

पाकिस्तानको पिपल्स् पार्टीकी सदस्य कुमारी पाकिस्तान  र भारतमा अझै विद्यमान रहेको जातीय व्यवस्थाअन्तर्गत तथाकथित अछुत भनिने समुदायकी हुन् । पाकिस्तानको एक सय चार सदस्सीय संसद्को ६ वर्षीय कार्यकालका लागि शनिबार राष्ट्रिय सभा तथा चार राज्य सभाले आधा सदस्य निर्वाचित गरेको हो।

शनिबार भएको निर्वाचनमा पदमुक्त भएका प्रधानमन्त्री नवाज शरिफको दलले माथिल्लो सदनको ३३ मध्ये १५ सिटमा  जित हासिल गरेको छ । त्यसैगरी पूर्व राष्ट्रपति आसिफ जर्दारीको दल दोस्रो भएको छ भने पूर्व क्रिकेटर इमरान खानका दलले तेस्रो स्थान ओगटेको छ । अधिकांश पाकिस्तानी हिन्दू जनता सन् १९४७ मा भएको दुई देशको विभाजनसँगै नागरिक आदानप्रदान अन्तर्गत भारत गएका थिए । जो पाकिस्तानमा नै बसे, उनीहरु पनि राजनीतिक र आर्थिक रूपमा सीमान्तकृत हुन पुगे र अन्य अल्पसंख्यक जस्तै उनीहरु पनि मुसलमान बाहुल्यता रहेको देशमा भेदभावको शिकार बन्न पुगे ।‘म अत्यन्तै खुसी छ, मैले संसद्मा पुग्छु भनेर सोचेको पनि थिइँन,’ कुमारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एसोसिएटेड प्रेसले उल्लेख गरेको छ।

पाकिस्तानको ग्रामीण क्षेत्रमा जन्मिएकी कुमारीले आफ्नो सफलताको श्रेय शिक्षा प्राप्त गर्नका लागि उत्प्रेरणा दिने र विश्वविद्यालयको डिग्री लिनका लागि सहयोग गर्ने बाबुआमालाई दिएकी छन् । आफ्नो विश्वविद्यालय तहको शिक्षा सकिसकेपछि कुमारीले पाकिस्तान पिपल्स पार्टीको सदस्यता लिनु अघि एउटा गैरसरकारी संस्थामा समेत काम गरेकी थिइन् । उनलाई पाकिस्तान पिपल्स पार्टीले अल्पसंख्यक समुदायका लागि छुट्याइएको आरक्षित कोटामा सिन्ध प्रान्तबाट मनोनयन गरेको थियो, जहाँ उक्त दलले बहुमत प्राप्त गरेको थियो।

‘म दबिएका जनताको अधिकारका लागि निरन्तर काम गरिरहने छु । विशेषगरी महिला सशक्तिकरण, उनीहरुको शिक्षा र स्वास्थ्यका लागि म काम गर्नेछु,’ उनले बताइन् । गरीब किसान परिवारकी कुमारीले देशका केही ठूला जमिन्दारसँगै यसै महिनाको अन्त्यतिर हुने एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिने छिन्।

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App