coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिक

काठमाडौं– सिंहदरवारभित्र कार्यरत अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरी सरकारले ७ दिनअघि स्थापना गरेको ‘हेल्थ डेस्क’मा उपचारका लागि आएका बिरामीमध्ये अधिकांशमा  उच्च रक्तचाप र ग्याष्ट्राइटिसको समस्या देखिएको हो।

तत्काल स्वास्थ्य सेवा चाहिने र स्वास्थ्यको बहाना बनाएर कार्यलय छोड्ने दर घटाउन सरकारले सिंहदरबारभित्रै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले डेस्क स्थापना गरेको हो । छैठौं स्वास्थ्य सेवा दिवसका अवसरमा गत मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले डेस्कको उद्घाटन गरेका थिए।

विभिन्न अनुगमन एवं छड्केका क्रममा कार्यलयमा अनुपस्थित कर्मचारीले स्वास्थ्य समस्या देखाएर कार्यलय छोड्ने गरेको पाइएको थियो । ‘कर्मचारीले स्वास्थ्यको निहुँ बनाएर कार्यस्थलबाट नभागुन् भन्ने पनि उद्देश्य हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले भने, ‘यति धेरै कर्मचारी कार्यरत हुने र आउजाउ हुने स्थानमा तत्काल आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्धसमेत होस् भनेर डेस्क स्थापना गरिएको हो।’

स्वास्थ्य मन्त्रालयको समन्वयमा वीर अस्पतालको आकस्मिक विभागले डेस्कमा एक जना चिकित्सक र एक जना प्यारामेडिक्सलाई खटाएको छ । डेस्कमा खटिएकी डा. बिनिता जोशीले कामको तनावलगायतका कारणले कर्मचारीमा रक्तचापको समस्य देखिएको हुनसक्ने बताइन् । ‘कुल बिरामीमध्ये झन्डै ३५ प्रतिशतभन्दा बढीमा रक्तचाप पाइएको छ,’ डा.जोशीले भनिन्।

चिकित्सकहरूका अनुसार मानसिक तनाव, खानामा बढी नुनिलो चिल्लोको मात्रा, वंशाणुगत कारण, मोटोपन, शारिरीक व्यायामको अभावजस्ता कारणले उच्चरक्तचापको समस्या देखन्छि । अनियन्त्रित रक्तचाप हृदयघात, मतिष्कघात प्यारालाइसिसजस्ता समस्यको प्रमुख कारण हो । खानपानको समय नमिल्ने र अस्वस्थकर खानपानका कारण ग्याष्ट्रिकको समस्य हुन्छ।

डेस्कमा कार्यरत प्यारामेडिक्स दीपक मुडभरीका अनुसार प्रत्येक दिन २० देखि ३० को हाराहारीमा कर्मचारीले स्वास्थ्य सेवा लिइरहेका छन् । सिंहदरबारभित्र करिब ७ सय कर्मचारी कार्यरत छन् । कर्मचारीबाहेक ठूलो संख्यामा सेवाग्राहीसमेत सिंहदरबार पुग्छन् । ‘कतिपय अवस्थामा तत्काल लाइफसर्पोट पनि चाहिनसक्छ, कम्तिमा एम्बुलेन्स नआउँदासम्म जीवन रक्षा गरेर सुविधासम्पन्न केन्द्रमा पठाउनसक्ने डेस्क बनाउनुपर्छ,’ मुडभरीले भने।

पुर्ननिर्माण प्राधिकरण रहेको भवनमा रहेको डेस्कमा तत्काल आवश्यक पर्ने अधिकांश औषधि समेत व्यवस्था भइसकेको छ । मुडभरीका अनुसार उच्चरक्तचाप, मधुमेहदेखि एन्टिवायोटिक्स उपलब्ध छ । ‘विस्तारै एउटा एम्बुलेन्स स्टेन्डबाई राखेर आकस्मिक सेवा चाहियो भने पनि लैजाने भन्ने योजना छ,’ मुडभरीले भने । डेस्कमा २ वटा अक्सिजन र शैड्ढयासमेत राखिएको छ ।डा. जोशीका अनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म मात्रै डेस्क सञ्चालन हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार आवश्यकता र प्रभावकारिताका आधारमा जनशक्ति र सुविधा थपिनुका साथै आवश्यकताअनुसार पायक पर्ने ठाउँमा सार्न सकिने जनाइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App