coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

न्यायाधीश निधनको शोकमा इजलास स्थगित

काठमाडौं– सर्वोच्च अदालतमा सोमबार कुनै पनि इजलास सञ्चालन भएनन् । सर्वोच्चका पूर्वन्यायाधीश रामनगिना सिंहको निधन भएकाले शोकमा इजलास स्थगित गरिएको प्रशासनले जनाएको छ । सिंहको आइतबार बेलुकी निधन भएको हो।

जनकपुरमा जन्मेका सिंह २०५८ देखि २०६३ सम्म सर्वोच्च अदालतमा न्यायाधीश थिए । सर्वोच्चको फुलकोर्ट (सम्पूर्ण न्यायाधीश सम्मिलित) बैठकले शोकको बेला इजलास सञ्चालन नगर्ने निर्णय गरेको थियो । सर्वोच्चका पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरुको निधनमा एक दिन बिदा हुँदै आएको छ ।सोमबारका लागि तोकिएका सबै पेसी मंगलबारका लागि सारिएको सर्वोच्च प्रशासनले जनाएको छ। सोमबार १२ वटा इजलासमा ४ सय ३४ वटा मुद्दाको पेसी तोकिएको थियो ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App