८ वैशाख २०८१ शनिबार
कला

सनी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

मुम्बई– पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी एक पटक फेरी चर्चामा आएकी छन्। उनी जुम्ल्याहा बच्चाको आमा बनेको खबरले चर्चा पाएको छ।

गत वर्ष सनीले एक बच्चाको पालनपोषणको जिम्मा लिएकी थिइन्। तर अहिले उनले फेसबुकमा एउटा फोटो अपलोड गरेकी छन्। जसमा उनका श्रीमान् उनले पालेको बच्चाका अलावा साथमा अरु दुई साना बच्चा पनि छन्।

उनले उक्त फोटो पोस्ट गर्दै ‘यो इश्वरको कृपा हो २१ जुन २०१७ त्यो दिन थियो जब मलाई र मेरो श्रीमानलाई यो अनुमान भइसकेको थियो की केही समयमै हाम्रा तीन बच्चा हुनेछन्।’ हामीले परिवार बढाउने योजना बनायौं र धेरै वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र  निशा कौर वेबरको साथमा यो परिवार पूर्ण भएको छ।

उनले भनिन् ‘हाम्रा बच्चाको जन्म केही दिन पहिले भएको हो तर हाम्रो मनमा यो योजना धेरै पहिलेदेखि थियो। हामी तीन सुन्दर बच्चाका बुवा आमा हौ। यो हाम्रो लागि गर्भको कुरा हो भने शुभचिन्तकका लागि सर्प्राइज!

तर के यी बच्चालाई सनीले जन्म दिएकी हुन? उक्त प्रश्न सामाजिक सञ्चालमै सनीलाई सोधिएको छ। जसको जवाफमा उनले ‘कुनै कुराको भ्रम नरहोस्। म के भन्न चाहन्छुकी  अशर र नोहा हाम्रा बायोलोजिकल बच्चा हुन्। हामीले केही वर्ष पहिले बच्चाको चाहना पुरा गर्न सरोगेसी विकल्प चुनेको थियौं। जुन पुरा भएको छ। हामी निकै खुशी छौं।’

 

प्रकाशित: २१ फाल्गुन २०७४ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App