coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेनाले रक्षामन्त्रीलाई भन्यो– फास्ट ट्रयाक समयमै पूरा गर्छाै

काठमाडौं – नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्रयाक) समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। 

सोमबार नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा स्वागत गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको फास्ट ट्रयाक निर्माण समय सिमाभित्र पूरा हुने बताए। उनले निर्माण कार्यमा रक्षा मन्त्रालयलगायत सरोकारवाला निकायको सहयोग र सद्भाव सदाझै प्राप्त भइरहने विश्वास समेत व्यक्त गरे।

मन्त्री पोखरेको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने क्षत्रीको विश्वास छ।

प्रकाशित: २१ फाल्गुन २०७४ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App