८ वैशाख २०८१ शनिबार
राजनीति

फोरमसँग सहमति जुटेन

काठमाडौं – वाम गठबन्धन र संघीय समाजवादी फोरमको बैठक सोमबार पनि कुनै सहमतिमा पुग्न सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सकारात्मक छलफल भएपनि सहमति नजुटेको हो। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव मात्रै सहभागी थिए।

एमाले नेता सुवास नेम्वाङले आजको वार्ता सकारात्मक भएको बताए। ‘सधैको भन्दा साँघुरिएको छ। सबै विषयको छलफल टुंगिएको छ। सहमतिको एकदम नजिक छौं,’ उनले भने। के विषयले सहमतिमा ढिलाई भएको हो भन्ने प्रश्नमा नेम्वाङले अनविज्ञता प्रकट गरे।

फोरमका महासचिव रामसहाय यादवले संविधान संशोधन र सरकारमा सहभागिताबारे सकारात्मक छलफल भएपनि सहमति केही नभएको बताए। ‘बालुवाटारमा कुरा सकारात्मक भए तर सहमति केही भएन’, उनले जानकारी दिँदै भने– ‘भोलि निर्णायक वार्ता हुने सम्भावना छ।’

बालुवाटार निकट स्रोतका अनुसार वाम गठबन्धन र फोरमबीच मन्त्रालयका विषयमा सहमति जुट्न सकेको छैन। फोरमले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालय र एक राज्यमन्त्री मागेको छ। तर वाम गठबन्धनले दुई मन्त्रालय र एक राज्यमन्त्री दिने पक्षमा छ।

प्रकाशित: २१ फाल्गुन २०७४ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App