coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दुर्घटनाग्रस्त ट्याक्टर। तस्बिर सौजन्य: धिरेन खत्री

म्याग्दी- बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो। दुर्घटनामा गम्भिर घाइते ट्याक्टर चालक रघुगंगा गाउँपालिका– ३ का राम विक र सहचालक बेनी नगरपालिका–९ गलेश्वर बस्दै आएका गणेश कार्कीको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताईन्।

‘घटनास्थलमा अनुसन्धान भइरहेको छ, मृतकको शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ’ उनले भनिन्। ट्याक्टर सडकबाट करिब एकसय मिटर तल कालीगण्डकीमा खसेको थियो। सडकबाट खसेको ट्याक्टरको आधा भाग नदीको बिच भागमै पुगेको छ। सडक स्तरउन्नती सहित कालोपत्रे भइरहेको अवस्थामा सडकमा सवारीसाधन तिब्र गतिमा चलाउँदा अनियन्त्रित हुने गरेको छ ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App