coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्प्रिन्टमा थोम्पसनको उदय

रियो दी जेनेरियो- जमैकाका उसेन बोल्टले २ सय मिटरमा विश्व कीर्तिमानका लागि प्रयास गर्ने बताइरहँदा उनकै देशकी इलियन थोम्पसनले रियो ओलम्पिकको स्पि्रन्टमा अर्को स्वर्ण पदक जितेकी छन्।

ब्राजिलियन फुटबल टोलीले भने दुई वर्षअघि विश्वकपको सेमिफाइनलमा भोगेको पराजयको बदला लिने मौका प्राप्त गरेको छ। होन्डुरसलाई हराउँदै ब्राजिल ओलम्पिक फुटबलको फाइनल पुगेको छ।

आइतबार १ सय मिटरमा स्वर्ण पदक जितेका बोल्टले २ सय मिटरको फाइनल पुग्न १९.७८ सेकेन्ड लगाएका थिए। त्यो उनको सिजनकै उत्कृष्ट समय हो। २ सय मिटरमा १९.१९ सेकेन्डको कीर्तिमान बोल्टकै नाममा छ। 'विश्व कीर्तिमानका लागि मैले पक्कै प्रयास गर्नेछु,' बोल्टले भने।

बोल्टका चिरप्रतिद्वन्द्वी अमेरिकी जस्टिन ग्याट्लिन भने २ सय मिटरको फाइनलमा पुग्न असफल भएन। सय मिटरमा रजत पदक जितेका उनले नोभेम्बरको गोलीगाँठाको चोटका कारण प्रदर्शन राम्रो हुन नसकेको बताएका छन्।

शनिबार मात्र १ सय मिटरमा स्वर्ण जितेकी थोम्पसनले २१.७८ सेकेन्डसाथ महिला २ सय मिटरमा पहिलो स्थान कब्जा गरेकी थिइन्। उनले नेदरल्यान्ड्सकी विश्व च्याम्पियनपिन डाफ्ने स्चिपर्सलाई स्तब्ध पारेकी थिइन्। उनले २१.८८ सेकेन्डबाट रजत पदक जितिन्। अमेरिकी टोरी बोउइले कांस्य पदक हात पारिन्।

२४ वर्षीया थोम्पसनले आफ्नो जित जमैकाका पूर्व स्टारहरू जसले विगतका ओलम्पिकमा स्वर्ण पदक जिते उनीहरूलाई समर्पित गरेकी छन्। 'यो जित मेरो लागि विशेष छ,' उनले भनिन्, 'भेरोनिका क्याम्पबेल ब्राउन र सेली अन फ्रेसर प्रेसीको खेल हेर्दै मैले बालापन गुजारेकी थिएँ।'

अमेरिकी कीर्तिमानी फ्लोरेन्स ग्रिफ्ट जोएनेर पछि थोम्पसन दोहोरो स्वर्ण पदक जित्ने पहिलो स्पि्रन्टर हुन्। जोएनेरले सन् १९८८ को सोल ओलम्पिकमा दाहोरो पदक जितेकी थिइन्।

२०१३ की विश्व च्याम्पियन बेरिनान रोलिन्ससहित महिला १ सय मिटर हडर्ल्समा तीनै पदक अमेरिकी खेलाडीले जितेका छन्। रोलिन्सले १२.४८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्। निया अलीले १२.५९ सेकेन्ड र क्रिस्टी कास्ट्लिनले १२.६१ को समयबाट क्रमशः रजत र कांस्य जितेका थिए।

 

प्रकाशित: ३ भाद्र २०७३ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App