१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले तोक्यो प्रदेश इन्चार्ज, प्रचार विभागमा पाण्डे

काठमाडौं- नयाँ शक्ति पार्टीले सातै प्रदेशमा संयोजक तोकेको छ। यस्तै प्रचार विभागको जिम्मेवारी युवा नेता विश्वदीप पाण्डेलाई दिएको छ। पाण्डे लामो समयदेखि पार्टी संयोजक डा. बाबुराम भट्टराईको स्वकीय सचिवको रुपमा रहेका थिए।

१ नम्बर प्रदेशको इन्चार्जमा राजेन्द्रकुमार किराँती, संयोजकमा देवराज भण्डारी, २ मा रामरिझन यादव इन्चार्ज, सुशील यादव संयोजक, ३ मा गंगानारायण श्रेष्ठ इन्चार्ज, संयोजकमा सोनामसिंह स्याङतान, ४ मा रुद्रबहादुर गुरुङ इन्चार्ज, संयोजक देवीप्रसाद सुवेदी, ५ मा नवराज सुवेदी इन्चार्ज, दानबहादुर चौधरी संयोजक, कर्णली प्रदेशमा सरुण बाठा मगर इन्चार्ज, रामबहादुर बोहोर संयोजक, ७ नम्बरमा कृष्णकुमार चौधरी इन्चार्ज, प्रकाशबहादुर साउद संयोजक चयन भएका छन्। यस्तै प्रवास विभागमा हिसिला यमी इन्चार्ज र धनबहादुर गुरुङ संयोजक तोकिएका छन्।

यस्तै बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको छ। पार्टीको प्रवक्तामा डम्वर खतिवडा र प्रशान्त सिंहलाई तोकेको छ। यस्तै साँस्कृतिक विभागको जिम्मा करिश्मा मानन्धरलाई दिइएको छ।

२०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०-१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App