कलाकार केकी अधिकारीलाई सुटिङका क्रममा विभिन्न ठाउँ ट्राभल गर्नुपर्ने हुन्छ । कहिले प्लेनमा त कहिले गाडीमा उनी टाढा–टाढा ट्राभल गर्छिन् । सजिलोसँग ट्राभल गर्न उनी कस्तो आउटफिट रुचाउँछिन् त ? लामो दूरी होस् या छोटो दूरी, ट्राभलमा कस्तो आउटफिट लगाउने भनेर एकछिन जो कोही पनि अलमलिन्छन् । केकी अधिकारी भने कम्फर्टेबल ड्रेस आउटफिट नै मनपराउँछिन्।
‘यात्रामा फिटिङभन्दा खुला लुगाले नै सहज हुन्छ,’ उनले भनिन्, ‘काठमाडौंभन्दा बाहिर सुटिङ पर्यो भने धेरै यात्रा गर्नुपर्छ । एयर ट्राभलको आउटफिट होस् या अन्य ट्राभलको, हलुका र नरम लुगा नै लगाउँछु ।’ कहिलेकाहीँ सुटिङबाटै उनलाई धेरै ठाउँमा ट्राभल गर्नुपर्छ, यस्तो वेला भने उनी जुन ड्रेस लगाएर सुटिङ गरेकी हुन्छिन्, त्यसमै ट्राभल गर्छिन्।
ट्राभल गर्दा बस्नलाई सहज हुने आउटफिट लगाउनुपर्ने उनी बताउँछिन् । ‘मलाई ट्राभल गर्दा खुला लुगा लगाउन मनपर्छ, त्यस्ता लुगाले हिँड्न–बस्न सहज हुन्छ । ट्राभल आउटफिटका लागि हलुका टिसर्ट, खुला ट्राउजर र फ्ल्याट चप्पल लगाउने उनी भन्छिन्, ‘फिटिङ लुगा र हाई हिल लगाएर ट्राभल गर्न असहज हुन्छ, वासरुम जाँदा–आउँदा झन्झट हुन्छ, त्यसैले सामान्य लुगामा ट्राभल गर्छु ।’नयाँ ठाउँ घुम्न र बुझ्न कसलाई मनपर्दैन र ? घुम्ने रहर सबैमा हुन्छ नै, तर घुम्ने क्रममा कस्ता लुगा लगाउने भन्ने अन्योल धेरैमा हुन्छ । ट्राभल गर्दा आफूलाई सहज हुने खालका लुगा प्रयोग गर्नुपर्छ ।
ट्राभल गर्दा आफूलाई सहज हुने खालका लुगा प्रयोग गर्नुपर्छ । कस्तो मौसम र कुन ठाउँमा कस्तो ड्रेसअप गर्ने भन्ने ठ्याक्कै पहिचान गर्न नसक्दा अनावश्यक लुगा बोकेर दुःख हुन सक्छ । हरेक ट्राभलका लागि ड्रेसअप छनोट गर्दा केही कुरामा ध्यान दिन सकियो भने यात्रा स्मरणीय हुन्छ ।
कस्तो मौसम र कुन ठाउँमा कस्तो ड्रेसअप गर्ने भन्ने ठ्याक्कै पहिचान गर्न नसक्दा अनावश्यक लुगा बोकेर दुःख हुन सक्छ । हरेक ट्राभलका लागि ड्रेसअप छनोट गर्दा केही कुरामा ध्यान दिन सकियो भने यात्रा स्मरणीय हुन्छ । यात्रामा कस्तो ड्रेसअप लगाउँदा फेसनेबल देखिन्छ भन्ने सामान्य जानकारी राख्नु राम्रै हुन्छ । यसका लागि जाने ठाउँ र यात्रा गर्ने साधनले पनि धेरै कुरा निर्धारण गर्छ । यात्रा गर्दा सहज हुने पोसाक लगाउनु त छँदै छ, फेसनेबल लुगाको पहिचान गर्न सकियो भने यात्रा सहज र रमाइलो हुने फेसन डिजाइनर बताउँछन् । केही ट्राभल आउटफिट :
लङ कोलार सर्ट, ग्रन्ज जिन्स
लङ सर्ट (कोठे सर्ट) निकै प्रचलित मानिन्छ । सर्ट लगाउन मन पराउनेको रोजाइ हुन सक्छ, लङ सर्ट । सर्टमा ग्रन्ज पाइन्ट ट्राभलका लागि निकै ‘कुल’ देखिने पोसाक हो । खुला खालको ग्रन्ज पाइन्टमा खुला सर्ट लगाउँदा सजिलो र फेसनेबल देखिन्छ ।
लङ आउटर, स्यान्डो टप र सर्टस्
लङ आउटर, स्यान्डो टप र सर्टस् हरेक समय आफू मोडर्न र फेसनेबल देखिन चाहनेका लागि उपयुक्त रोजाइ हुन सक्छ । लङ आउटर हरेक लुगामा सुहाउने र लङ स्लिभ लगाउन मन पराउनेले लङ आउटरको प्रयोग गर्दा राम्रो देखिन्छ । स्यान्डो टपको स्लिभ नहुनाले आउटर लगाउँदा कुल देखिन्छ । ट्राभल गर्दा धेरै लुगा झन्झटिलो मान्नेका लागि सर्टस् राम्रो रोजाइ बन्न सक्छ । लङ आउटर, स्यान्डो टप र सर्टस्को कम्बिनेसन निकै मिल्ने भएकाले यसको प्रयोगले आकर्षक देखिन्छ ।
लेगिन्ज, लङ स्लिभ टिसर्ट
ट्राभल गर्दा के लगाउने भन्ने अन्योल चिर्न आफ्नो बानी र शरीरको प्रकृति पनि हेर्नुपर्ने हुन्छ । ट्राभलमा आफूलाई सुहाउँदो र सहज हुने कपडा छान्न सक्छौँ । ट्राभल आउटफिटका लागि लेगिन्ज र लङ स्लिभ टिसर्ट राम्रो रोजाइ हुन सक्छ । लामो यात्रा छ र धेरै समय बस्नुपर्ने अवस्था छ भने लेगिन्ज लगाउँदा सहज हुन्छ, आरामदायी तरिकाले हिँड्न, बस्न सकिन्छ । लेगिन्ज, लङ स्लिभ टिसर्ट फेसनेबल पनि देखिने र लगाउँदा कम्फर्टेबल पनि हुने भएकाले यो उपयुक्त रोजाइ बन्न सक्छ ।
लङ आउटर, सर्ट वान पिस
आकर्षक र फेसनेबल देखिने चाहना राख्नेका लागि लङ आउटर, सर्ट वान पिस राम्रो कम्बिनेसन हुन सक्छ । आफ्नो रोजाइ अनुसारको रङको छोटो वान पिसमाथि लङ आउटर र खुट्टामा स्पोर्टस् सुज वा फ्ल्याट चप्पल लगाउँदा आकर्षक देखिन्छ । फेसनेबल लुकमा ट्राभल गर्न चाहनेका लागि लङ आउटर, सर्ट वान पिस आकर्षक देखिन्छ । छोटो दूरीको उडान यात्राका लागि लङ आउटर, सट वान पिस सजिलो मात्र नभएर गुड लुकिङ पनि देखिन्छ ।
ट्राउजर विङ्स ज्याकेट
बेन्जु श्रेष्ठ बाइक राइडर हुन् । उनी महिनामा चार–पाँचपटक राजधानीभन्दा बाहिर घुम्न जान्छिन् । यस्तो ट्राभलमा लेदरको ज्याकेट, बुट, हातको पन्जा, हेलमेट, विङ्स ज्याकेट लगाउन नछुटाउने उनी बताउँछिन् । प्रायः बाइकमा मात्रै घुम्ने बेन्जु जुनै मौसममा पनि लेदर ज्याकेट र बुट लगाउन भने छाड्दिनन् । ‘बाइकमा घुम्न जान मन गरेर मात्र हुँदैन, आफ्नो सुरक्षाको पनि विचार गर्नुपर्छ,’ उनी भन्छिन्, ‘बाक्लो ज्याकेटले शरीरको सुरक्षा पनि गर्छ ।’
बाइकमा घुम्नलाई सुरक्षित पोसाक लगाउनुपर्ने उनी बताउँछिन् । स्पोर्ट सुज, स्ट्रेचेबल जिन्स पाइन्ट, विइङ ज्याकेट, लेदरको पन्जा, हेलमेट अनिवार्य लगाउनुपर्ने उनी बताउँछिन् । बाइक राइड गर्दा बाइक आउटफिट निकै जरुरी हुन्छ । बाइकमा घुम्न रुचाउनेका लागि ट्राउजर, विङ्स ज्याकेट वा स्वेटर राम्रो आउटफिट हुन सक्छ । शरीरको सुरक्षाका लागि सेफ्टी राइडका लागि आवश्यक आउटफिट लगाउन जरुरी छ । प्रकृतिलाई नजिकैबाट महसुस गर्न र प्रकृतिसँग मितेरी गाँस्दै घुम्न रुचाउनेका लागि स्पोर्टस् गेटअप पनि उपयोगी हुन सक्छ ।
प्लाजो, ट्राउजर, टिसर्ट
बसमा ट्राभल गर्नेका लागि हलुका खालको आउटफिट सहज हुन्छ । प्लाजो, खुला पाइन्ट, ट्राउजर, लेगिन्ज, खुला टिसर्ट, स्यान्डो टप लगाएर यात्रा गर्न उपयुक्त हुन्छ । खुला र हलुका लुगा लगाउँदा यात्रा गर्न सजिलो हुन्छ । फेसनेबल देखिन हेभी, चमकदार पोसाक नै हुनुपर्छ भन्ने छैन । लामो दूरीको यात्रा गर्दा हलुका फ्ल्याट चप्पल र हलुका आउट फिट सहज हुन्छ नै, फेसनेबल पनि देखिन्छ । बसमा खुट्टा झुन्ड्याएर लामो समयसम्म बस्नुपर्ने हुन सक्छ टाइट लुगा लगाउँदा बस्नै गाह्रो हुनाले खुला लुगा लगाउँदा खुट्टा खुम्च्याएर बस्न सकिन्छ । गरुंगो, बिझाउने कडाइ गरिएका बुट्टेदार गरुंगा लुगा लगाएर लामो दूरीको यात्रा नगर्नु नै राम्रो हुन्छ।
प्रकाशित: २१ फाल्गुन २०७४ ०६:५९ सोमबार