७ वैशाख २०८१ शुक्रबार
खेल

रियोमा शृंखलाबद्ध घटना

रियो दी जेनेरियो- ब्राजिलमा बिहीबार शृंखलाबद्ध रूपमा भएका केही घटनाले रियो ओलम्पिक छायाँमा परेको छ। अमेरिकाका दुई पौडी खेलाडी चोरीको आरोपमा पक्राउ परे भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उच्च पदाधिकारी बुधबार टिकट ब्ल्याकमा बेचेको आरोपमा परे। यी घटनाले ओलम्पिकका स्टार उसेन बोल्टको अर्को स्वर्ण यात्रा छायाँमा परेको छ।

गार्जियनका अनुसार मंगलबार बिहान बेलायती खेलाडी आर्मीको झडपमा परेको बताए पनि विस्तृतमा केही आएको छैन। तर बेलायली ओलम्पिक टोलीका प्रवक्ताले बिबिसीलाई त्यो संयोग मात्र भएको र खेलाडी सुरक्षित रहेको बताएका छन्।

अमेरिकी पौडी खेलाडी ज्याक कोन्जर र गनर बेन्ज रियो दी जेनेरियो छाड्नु अघि पक्राउ परेका थिए। उनीहरूलाई विमानस्थलमै पहिलो चरणको सोधपुछ गरेको रियो पुलिसले जनाएको छ। त्यस्तै दुवै खेलाडीको पासपोर्ट जफत गरेको र उनीहरूलाई थप सोधपुछ गरिने रियो पुलिसले जनाएको छ।

कोन्जर र बेन्जले पौडी खेलाडी रायन लोचटे र टोली सदस्य जेम्स फेइगेनले आइतबार बिहान गनपोइन्टमा रहेको बताएका थिए। तथापि ब्रजिलका न्यायाधीशले सबैको पासपोर्ट जफत गरेर देश छाड्न नदिन आदेश दिएका थिए।

सुनुवाइपछि लोचटे अमेरिका फर्किसकेका छन् भने फेइगेन भने अनुसन्धानका लागि ब्राजिलमै छन्।

प्रकाशित: ३ भाद्र २०७३ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App