coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सरकारलाई स्वर्णिम अवसर

इतिहासमै पहिलोपटक बनेको ‘भरपर्दाे’ वामपन्थी सरकारलाई बधाइ र शुभकामना । अवसर र चुनौती धेरै नै छन् । गरिबी, अशिक्षा, बेरोजगारीसहितका जनताका समस्या सम्बोधनदेखि धेरै काम गर्नुपर्ने छ । मेरो नजरमा यो सरकारबाट गरिनुपर्ने, ध्यान दिनुपर्ने केही पक्ष :

वैदेशिक हस्तक्षेप न्यूनीकरण 

भारतीय प्रभाव र दबाब कम गर्ने चुनौती छ । युरोपियन युनियनको स्वभावबाट समेत नेपाललाई जोगाउनु पर्छ।विगतका नाकाबन्दीमा देखिएका कुतत्वहरूलाई पाखा लगाउँदै चीनसँग सम्बन्ध बढाउनैपर्छ । अन्य मुलुकहरूसँगको सम्बन्धलाई अगाडि बढाउँदै लैजानुपर्छ। कतिपय मुलुकहरूले ‘मुखमा राम बगलीमा छुरा’ राखेकाले सचेतनाको आवश्यकता छ ।

परराष्ट्र अर्थात् आर्थिक कूटनीति 

नेपालका कूटनीतिक नियोगहरूलाई समृृद्ध र विकासका नीतिअनुसारनै भूमिका निर्वाह गर्नका लागि यसतिर लैजानु पर्छ। मुलुकका लागि कार्य गर्ने र उत्पादनका साथै वितरणमा कार्ययोजनामा समेत सहयोगीको भूमिका हुनुपर्छ। कृषि, जलविद्युत्,पर्यटन तथा अन्य क्षेत्रको विकास र विस्तारमा कूटनीतिक नियोगहरू लाग्नुपर्छ । 

भ्रष्टाचार न्यूनीकरण 

भ्रष्टाचारले ‘लक्ष्मणरेखा’नाघिसकेको छ । भ्रष्टाचारीहरूको आर्थिक उन्नति‘दिन दु गुना र रात चौगुना’ भएको छन् । यसतर्फ सरकारले शून्य सहनशीलता विकास गर्नुपर्छ । 

कर्मचारीको मनोमानी 

निजामती कर्मचारीलाई मुलुकको विकासतिर उन्मुख गराउने कार्यमा तदारूकतासाथ लगाउनु पर्छ । काम नगर्ने कर्मचारीलाई कारबाही गर्नुपर्छ ।

पालिकाहरूबीचको सम्बन्ध 

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । सरकारको काममा अनावश्यक हस्तक्षेप हुनु हुँदैन । विगतमा देखिएका र गरिएका गलत नजीरहरूलाई पुनरावृत्ति गर्नु हँुदैन ।

बढ्दो व्यापार घाटा र घट्दो रेमिट्यान्स 

दिन प्रतिदिन उत्पादनमा कमी आउनु,उद्योगहरू बन्द हुँदै जानु जस्ता समस्याले व्यापार घाटा बढ्दै गइरहेको छ भने विदेशिएका युवाहरूको विदेशमा वातावरण नमिलेका कारण मुलुक फिर्ता हुने क्रम बढेकाले रेमिट्यान्स क्रमशः घट्दै छ । मुलुकमै रोजगारी चाहियो । आत्मनिर्भर हुने अवस्था चाहियो । 

प्राकृतिक र वातावरणीय संरक्षण

अव्यवस्थित सहरीकरण, वनफडानी,चुरेको दोहन, गलत उद्योग नीति, भारतीय भूमि बिहार र उत्तर प्रदेशमा भएको कोइलाकरण, भूमण्डलीकरण आदिको प्रभावले वायु प्रदूषण, जल प्रदूषण, भूमि प्रदूषण बढ्दो छ । प्रदूषणले काठमाडौँसहितका सहरलाई दूषित गरेको छ । यसबाट विभिन्न प्रकारका अल्पकालीन र दीर्घकालीन समस्या उत्पन्न गरेकाले तत्कालै न्यूनीकरणतिर जानु जरुरी छ ।

सुरक्षा 

नेपालका पूर्वी, दक्षिणी र पश्चिमी सीमा खुला रहेको र उत्तरी सीमासमेत सुव्यवस्थित हुन नसकेकाले बाहिरी सुरक्षाको अवस्था चुनौतीकारूपमा रहेको छ । साथै, भारतसँगको सीमा विवाद रहिरहेको हुनाले नेपाली भूमिलाई नेपलीकरणमै राख्नु आवश्यक छ । ०६३÷६४ पछि बिक्री–वितरण गरिएका नागरिकताका वाहकहरू अझै नेपाली हुन नसकेकाले उनीहरूबाट आन्तरिक सुरक्षाको चुनौती बढेको छ । विगतका बाहुबलीहरूलाई नियन्त्रणमा लिनु जरुरी छ ।

प्रदेश २ को समृद्धि 

विकासको पर्याप्त सम्भावना बोकेकोप्रदेश २ मिथिला प्रदेश हुनुपर्छ । यसको सुरक्षा, रोजगार,स्वास्थ्य,शिक्षा, सामाजिकीकरण आदिको समाधान आवश्यक छ ।  समाजमा रहेको छुवाछूत, दाइजो प्रथा, बोक्सी प्रथा जस्ता कुरीतिहरूलाई क्रमशः हटाउँदै जानुपर्छ ।

केपीको विगतको निरन्तरता 

विगतमा केपी ओली सरकारबाट भएका योजना र कार्यक्रमहरूको निरन्तरता वर्तमान सरकारले गर्नुपर्छ ।यो राम्रो अवसर छ । नेपाली जनताका बीचमा अत्यन्त्य लोकप्रिय सरकारका रूपमा चित्रित सरकारका कार्यक्रमहरूलाई लागु गर्नुपर्छ। विगतकै जनमुखी अडान र कार्यक्रमकै आधारमा मुलुकमा वामपन्थीको यस्तोअपार बहुमत आएको बिर्सनुहुँदैन। 

खर्च व्यवस्थापन 

सातै प्रदेशमा मुख्यमन्त्री, सभामुख, मन्त्रीसहितका पदहरूलाई राजकीय सेवा र सुविधा दिनुपरेको छ । उत्पादन, रोजगार, निकासी आदिको उचित व्यवस्थापन उचितरूपमा हुन सकेन भने केन्द्रीय सरकारलेनै पाल्नुपर्छ । प्रदेशहरूलाई उत्पादनमुखी बनाउनु जरुरी छ ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App