coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महानगरपालिका र पुरातत्त्वविरुद्ध जाहेरी दर्ता

काठमाडौं– काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको छ। रानीपोखरी पुननिर्माणका क्रममा मल्लकालीन स्मारक नष्ट गरेको भन्दै दुई सरकारी निकायविद्ध प्रहरीमा जाहेरी परेको हो। जाहेरीमा महानगरपालिका र पुरातत्त्व विभागका जिम्मेवार कर्मचारीलाई प्रतिवादी बनाइएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

करिब ३०/४० जनाको संख्यामा आएका विभिन्न पेशा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ । जाहेरी दिनेहरूले मल्लकालीन रानी पोखरीको प्राचीन स्मारकलाई नष्ट गरेको भन्दै कडा कारबाहीको माग गरिएको छ । महानगर र पुरातत्त्वको लापरबाहीले प्राचीन सम्पदा नष्ट हुने अवस्थामा पुगेको जाहेरीमा दाबी गरिएको छ । जाहेरी दिनेमा कानुन व्यवसायी, सम्पदाप्रेमी, पत्रकार तथा काठमाडौं स्कुल अफ लका विद्यार्थीसमेत रहेको प्रहरीले जनाएको छ ।
‘जाहेरी दर्ता गरेका छौं, अनुसन्धानपछि दाबी गरिएअनुसार पाइएमा कारबाही अघि बढाउँछौं,’ डिएसपी थापाले भने।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुराना प्राचीन सम्पदाको संरक्षण गर्नुपर्ने भए पनि काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले वेवास्ता गरेको जाहेरीकर्ताहरूको आरोप छ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुराना प्राचीन सम्पदाको संरक्षण गर्नुपर्ने भए पनि काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले वेवास्ता गरेको जाहेरीकर्ताहरूको आरोप छ । उक्त ऐनले सय वर्ष नाघेका प्राचीन सम्पदाको संरक्षण गर्ने जिम्मा पुरातत्त्व विभागलाई दिएको छ।

‘सुरुमा जाहेरीमा दाबी गरिए अनुसार उक्त विषय अपराध हो या होइन भनेर निश्चित गर्छौं, यदी दाबी अनुसार नै भएको पाइएमा सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउँछौं,’ थापाले भने ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App