७ वैशाख २०८१ शुक्रबार
राजनीति

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

काठमाडौं – सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।

मन्त्रालय बाँडफाँटमा वाम गठबन्धन र फोरमबीच कुरा नमिलेपछि आइतबारको वार्ता निष्कर्षमा पुग्न नसकेको एमाले स्रोतको भनाइ छ । एमाले र माओवादी केन्द्रका नेताहरूले भने फोरमलाई दुई मन्त्रालय र एकराज्यमन्त्री दिने प्रस्ताव राखेका छन् । वामगठबन्धनको प्रस्तावमा फोरमले सहमति जनाए सोमबार हुने वार्ता निष्कर्षमा पुग्ने एमालेका नेताहरूले जनाएका छन्। 

प्रदेश सरकार सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयले दुई सय १५ जना कर्मचारी खटाएको छ । प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयसहित सातवटा मन्त्रालयका लागि खटाइएका यी कर्मचारीमध्ये अझै १ सय ४९ जना अझै हाजिर भएका छैनन्।

आइतबार एमाले, माओवादी केन्द्र र संघीय फोरमबीच दुई चरणको वार्ता भएको थियो । बिहानको वार्तामा तीनवटा पार्टीका अध्यक्षसहित दोस्रो तहका नेता पनि उपस्थित थिए भने आइतबार साँझ भएको वार्तामा तीन पार्टी अध्यक्ष ओली, दाहाल र यादव मात्र सहभागी भएका थिए । आइतबार बिहानको वार्तामा सहभागी भएका एक नेताका अनुसार वार्तामा फोरमले तीनवटा ठूला मन्त्रालय मागेपछिसाँझ पुनः वार्ता गर्नेगरी आइतबार बिहानको वार्ता टुंगिएको थियो तर साँझको वार्तामा पनि मन्त्रालय बाँडफाँटमा सहमति जुट्न सकेन । स्रोतका अनुसार फोरमले परराष्ट्र,भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय मागेको छ। 

एमालेका नेता सुवास नेम्बाङले सोमबार हुने वाम गठबन्धन र फोरमबीच वार्तामा सबै कुरा टुंगो लाग्ने बलियो सम्भावना रहेको बताए ।उनने भने, ‘आज (आइतबार)को वार्ता निकै सकारात्मक छ । भोलि (सोमबार)को सबै कुराको टुंगो लाग्ने बलियो सम्भावना छ ।’ समय अभावले आइतबारको दुइ चरणवार्ता निर्णायक हुन नसकेको पनि उनले बताए ।यसैगरी संघीय फोरमका महासचिव राम साह यादवले आइतबार वाम गठबन्धन र संघीय फोरमबीच भएको वार्ता निकै सकारात्मक भएको बताए ।उनले भने, ‘वार्ता निकै सकारात्मक छ । भोलि (सोमबार)सम्म टुंगो लाग्छ ।’मन्त्रालय बाँडफाँटबारेछलफल नभएको पनि उनले दाबी गरे ।उनले भने, ‘अहिलेसम्म हामी संविधान संशोधनकै अजेन्डामा छलफल गर्दैछौं । संशोधनको अजेन्डमा सहमति जुटेपछि मात्र हामी मन्त्रालय बाँडफाँटबारे कुराकानी अघि बढाउँछांै ।’ संविधान संशोधनको अजेन्डमा सहमति जुट्न नसकेकाले आइतबारको वार्ता निष्कर्षमा पुग्न नसकेको पनि उनले दाबी गरे। 

संघीय फोरमलाई सरकारमा सहभागी बनाउन वाम गठबन्धनका नेता फोरमसँग पटकपटक वार्ता गर्दै आएका छन्। वार्तामा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।  वर्तमान सरकारमा सहभागी हुन संघीय फोरमले सैद्धान्तिक रूपमा सहमति जनाएको छ । संविधान संशोधनमा सत्तारुढ दलले सहमति जनाए फोरम सरकारमा जाने फोरमका नेताहरूले जनाएका छन् । संविधान संशोधनमा एमाले माओवादी केन्द्रका नेताहरूले सहमति जनाएका छन्। 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App