७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

यूरोपमा शीतलहर, मृत्यु हुनेको संख्या १८ पुग्यो

लन्डन– युरोपका विभिन्न देशमा पछिल्लो साता देखिएको सुरु भएको शीतलहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । फेब्रुअरी २६ देखि आइतबारसम्म युरोपका विभिन्न मुलुकमा शीत लहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी चिसोका कारण युरोपेली राष्ट्रहरु आयरल्यान्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हंगेरी र सर्वियाका सम्बन्धित सरकारले सार्वजनिक रूपमा सूचना जारी गर्दै सर्वसाधारणलाई चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन्।

  युरोपका कतिपय देशमा चिसो अझै बढ्ने क्रममा रहेको बेलायती सरकारी सुरक्षा केन्द्रले जनाएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको कारण केही दिनदेखि बन्द रहेका डवलिन र कर्कका विमानस्थल सुचारु भएको केन्द्रले जनाएको छ ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App