६ वैशाख २०८१ बिहीबार
खेल

फियोरेन्टिनाका कप्तानको निधन

मिलान– इटालियन फुटबललाई स्तब्ध पार्दै फियोरेन्टिनाका कप्तान डेविड एस्टोरीको आइतबार ३१ वर्षको उमेरमा निधन भएको छ । एस्टोरीको अकस्मात् आएको स्वास्थ्य समस्याका कारण निधन भएको क्लबले जनाएको छ।  

एस्टोरीको निधनपछि  सिरी ‘ए’ ले विज्ञप्ति जारी गर्दै आइतबार हुने सबै खेल स्थगित गर्ने जनाएको छ । जसका कारण मिलान डर्बीका रूपमा हुने तय भएको एसी मिलान र इन्टर मिलानबीचको खेल पनि स्थगित भएको छ । ‘अकस्मात् विरामी भएपछि कप्तान डेविड एस्टोरीको निधनको घोषणा गर्नुपर्दा क्लब स्तब्ध भएको छ । यो क्लबका लागि ठूलो क्षति हो । यस दुखद घडीमा हामी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छौं,’ रक्षापंक्तिका स्टारको निधनपछि क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

इटालीका सञ्चारमाध्यमले एस्टोरीको निधन होटलको कोठामा भएको उल्लेख गरेका छन् ।एएस रोमामा एक सिजन खेलेपछि एस्टोरी सन २०१५ मा लोनमा फियोरेन्टिना आएका थिए । त्यसअघि एस्टोरीले काग्लियारीमा ६ सिजन खेलेका थिए ।  इटालीका लागि एस्टोरीले सन् २०१२ देखि सन् २०१७ सम्म १४ खेल खेलका थिए।

इटालीका पूर्वप्रधानमन्त्री मटियो रेन्जीले पनि फियोरेन्टिनाका कप्तान तथा रक्षक एस्टोरीको निधनमा निकै दुखित भएको बताए । रेन्जीले भने, ‘म उनको परिवार र सबैसँग एस्टोरीको लागि रुन्छु । अलबिदा कप्तान।’
 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App