राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन

फोरमले वाम पक्षलाई सघाउने,राजपा अनिर्णित

सोमबार, २१ फागुन २०७४, ०८ : २९ भुवन शर्मा

काठमाडौं – प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा  उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन ।  राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई  सहयोग गर्ने सम्भावना रहेको बताउँछन्।  

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता सफल भई फोरम सरकारमा सहभागी भए राष्ट्रपति÷ उपराष्ट्रपति निर्वाचनमा एमाले÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निश्चित भएको बताए । उनले भने, ‘अहिले हामी एमाले ÷माओवादी केन्द्रसँग निर्णायक वार्ता गर्दैछौं । वार्ता सफल भई हामी सरकारमा गयौं भने वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छौं ।’ संघीय फोरमले राष्ट्रपति÷उपराष्ट्रपतिमा उम्मेदवारी नदिने उनले प्रष्ट पारे । उनले भने, ‘हामी आफंैले उम्मेदवारी दिन्नौं।’

राजपा महासचिव मनीष सुमनले पनि राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवार नदिने बताए । उम्मेदवारी नदिए पनि निर्वाचनमा पार्टी सहभागी हुने उनले प्रष्ट पारे । उनले भने, ‘हामीले आफ्नो उम्मेदवारी नदिए पनि चुनावमा कसलाई सहयोग गर्ने भन्ने निर्णयचाहिँ गरेका छैनौं।’ 

राजपाका अर्का महासचिव केशव झाले  राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा पार्टीले लोकतान्त्रिक समूहका उम्मेदवारलाई सहयोग गर्ने  सम्भावना रहेको  बताए । उनले भने, ‘राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने प्रष्ट  निर्णय नभए पनि लोकतान्त्रिक उम्मेदवारलाई सहयोग गर्ने  सम्भावना छ।’ 

राष्ट्रपति÷उपराष्ट्रपनि निर्वाचनमा फोरमले वाम गठबन्धनलाई र राजपले कांग्रेस उम्मेदवारलाई सहयोग गरे राजपा र फोरमको सहयात्रा टुट्नेछ । सरकारमा सहभागी हुनेबारेमा फोरमका नेताले बाम वाम गठबन्धनसंग वार्ता सुरु गरेदेखि राजपा नेता फोरमसँग संशकित हुँदै आएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गरेका यी दुई दलले प्रदेश २ मा मिलेर सरकार बनाएका  छन् ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad