७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभामा मनोनीत तीनजनाको टुंगो लागेन

काठमाडौं– संघीय संसद्मा शपथ लिन नपाएका तीनजना सदस्यका विषयमा सर्वोच्चमा चलेको मुद्दाको आइतबार टुंगो लाग्न सकेन । 

न्यायाधीशहरु हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार बोलाइएको दुवै पक्षको छलफलमा बहस चलिरहेका बेला रोकिएपछि मनोनीत सासदका विषय टुंगो लाग्न नसकेको हो। 

विपक्षका कानुन व्यवसायीले यसअघि मुद्दा हेरेका न्यायाधीश प्रकाशमानसिंह राउतसमेतको इजलासमा परेकाले बहस स्थगित गर्न अनुरोध गरेका थिए । उनीहरुले बहसको क्रममा आपत्ति जनाएपछि इजलास स्थगित गरिएको थियो। 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीनजनालाई फागुन १३ मा सर्वोच्चले शपथ नगर्न÷नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

संघीय संसद्अन्तर्गत तीनजनाबाहेकका राष्ट्रियसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाको सदस्यमा मनोनीत भएका युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेलले शपथ लिन पाएनन् । 
सर्वोच्चले निवेदनको टुंगो नलागेसम्म शपथ नगराउन संघीय संसद् सचिवालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण उनीहरुले शपथ नलिएका हुन्।  

देउवा सरकारको सिफारिसमा परी ओली सरकारबाट रद्द गरिएका गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा ओली सरकारको निर्णय बदरको माग गर्दै निवेदन दर्ता गरेका थिए । 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App