प्रदेश १ को समृद्धिको आधार : कृर्षि, पर्यटन र उर्जा

सोमबार, २१ फागुन २०७४, ०६ : ४८ रोहित राई

धरान–  करिब ५० लाख जनसंख्या भएको प्रदेश नं १ स्रोत साधनले सम्पन्न हुनुका साथै यसले कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि हासिल हुन सक्ने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्।

सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको पर्यटन, कृषि, ऊर्जा र उद्योग व्यापार गोष्ठीमा विज्ञहरुले अन्य प्रदेशभन्दा प्रदेश १ मा आर्थिक विकास र समृद्धिको प्रचूर सम्भावना भएको तथ्य पेस गरेका हुन् । विकास र समृद्धिको लक्ष्य असम्भव नभएको धारणा राख्दै विज्ञहरुले त्यसको लागि राजनीतिक नेतृत्व र प्रदेश सरकारमा प्रतिबद्धता र इमान्दारी खाँचो भएको औंल्याएका छन् । नीति र योजनाहरु प्रशस्तै भए पनि सुशासनको अभावले ती कार्यान्वयनमा आउन नसकेर समृद्धि, विकाससँग जनताको दुरी बढेको उनीहरुको भनाइ छ । विचार गोष्ठीमा सम्बन्धित क्षेत्रका चारजना विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रहरुमाथि टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले लगानी गर्ने वातावरण र स्रोत–साधन परिचालन गर्न सक्ने नेतृत्वको अभाव भएको बताए । सुशासन हुन सक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउने उनको भनाइ थियो । ‘नेपालमा विकासको सुरुवात यही प्रदेशबाट भएको हो । स्रोतको भण्डार यहीँ छ, मात्र सुशासनको खाँचो छ । लगानी गर्ने वातावरण र स्रोतको सही परिचालन गर्ने नेतृत्वको अभाव छ,’ जोशीले भने, ‘प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुन सक्छ । यस्तै कृषि, जलविद्युत, उद्योगको पनि पूर्वाधार बनाउँदै, थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ  ।’
करिब १३ हजार मेगावाट जलविद्युत् क्षमता
विचार गोष्ठीमा ऊजासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले हालसम्म प्रदेश १ मा १२ हजार नौ सय ५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको बताए । यो प्रतिशतमा कुलमध्ये १६.१९ हो भने प्रदेश नं ७ र ५ पछिको ऊर्जा क्षमता हो । तर, योभन्दा पनि बढी विद्युत् उत्पादन क्षमता प्रदेश १ मा भएको उनको भनाइ छ ।

अध्यक्ष गुरागाईंका अनुसार प्रदेश १ मा भएको तमोर, अरुण, दूधकोसी, लिखु, सुनकोसी, सप्तकोसीलगायत अन्य नदीमा २६ हजार पाँच सय ४१ मेगावाटको जलविद्युत् उत्पादन क्षमता छ । तर, हालसम्म तमोरमा १६ मेगावाट, अरुणमा १०.६ मेगावाट र अन्यमा ७३.७ गरी सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ‘जलविद्युत्मा प्रचूर सम्भावना छ, तर काम भएकै छैन । अबको एकमात्र विकल्प भनेको जलविद्युत् आयोजनाको तीव्र निर्माण हो,’ गुरागाईंले भने, ‘जलाशययुक्त आयोजनाहरुले पर्यटन, सिचाइँ, जलमार्गमा पनि लाभ पुग्छ ।’नेपालमा कुल ८३ हजार मेगावाट जलविद्युत् क्षमता भएको अध्ययनहरुबाट खुलेको छ।

सबैभन्दा बढी प्रदेश ७ मा २२ .६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युत्बाट विकास र समृद्धिको ठूलो सम्भावना देखाएका गुरागाईंले एउटा आयोजना सुरु गर्न सात मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनी धाराहरु पार गरेपछि मात्र बन्ने भएकोले लगानीकर्ता निराश भएको उनले बताए । साथै उनले राज्य कमजोर भएकोले विभिन्न समूहबाट हुने चन्दा असुली, धम्कीले पनि विकासमा बाधा पुगेको बताए । ‘अब सरकारले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । कोसी, तमोर, सप्तकोसी आयोजना तत्काल सुरु गर्नुपर्छ । यसको लागि एउटै डेस्कबाट सबै काम हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
पर्यटनमा ग्रिन इस्ट र सहकारिता
विचार गोष्ठीमा प्रदेश १ को विकास र समृद्धिको लागि पर्यटन पनि सहकारिताको अवधारणा ल्याउनुपर्ने पर्यटनविद् कृष्ण साहले बताए । कार्यपत्र प्रस्तुत गर्दै उनले सरकारको नीतिगत योजना अभाव र पर्यटनसँग सम्बन्धित सरकारी संयन्त्रहरु तल्लो तहसम्म नहुँदा पर्यटनले गति लिन नसकेको बताए । साथै, प्रदेश नं १ मा पर्यटन प्रोडक्ट र ब्रान्ड तयार गर्न नसक्दा पनि पछि परेको बताए । सुनसरी, इलाम र ताप्लेजुङलाई जोडेर ग्रिन इस्ट ट्र्यांगलको अवधारणा विकास गर्नुपर्ने प्रस्ताव गरेका साहले भने, ‘पर्यटन मन्त्रालय, पर्यटन बोर्डमात्र बन्यो । पर्यटनको विकास र प्रर्वद्धनको काम भएन । पर्यटनप्रति सरकारी उदासिनता छ।’

पर्यटनको ब्रान्डिङ गर्ने र लक्षित समूहसम्म प्रर्वद्धन गर्ने स्पष्ट खाका नहुँदा पनि प्रदेश १ को पर्यटन कछुवा गतिमा भएको उनको भनाइ थियो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव भएको साहले बताए । ‘पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ,’ उनले भने, ‘प्रदेश १ को पर्यटन गन्तव्यलाई प्राथमिकताको आधारमा प्रर्वद्धन र विकास गरिनुपर्छ । यसको लागि ग्रिन इस्टको अवधारणामा काम गरिरहेका छौं ।’
प्रदेश १ खाद्य भण्डार, सबै क्षेत्रमा वाली लगाउन मिल्ने
कृषिविज्ञ विष्णुप्रसाद काफ्लेले प्रदेश १ प्रकृति, हावापानी र भूगोलले खाद्य भण्डारको रुपमा रहेको कार्यपत्र प्रस्तुत गर्दै हिमाल, पहाड र तराई सबै क्षेत्रमा बाली लगाउन मिल्ने बताए ।

यद्यपि उनले कृषि उत्पादनलाई प्रशोधन नगरी सिधै कच्चा पदार्थको रुपमा बिक्री गर्दा न्यून मूल्य पाउने गरेको बताए । तेस्रो मुलुकमा निर्यात गर्न नसक्दा र अन्तर्राष्ट्रिय बजारमा ‘बार्गेनिङ’ क्षमता नहुँदा कृषिबाट अपेक्षित लाभ पाउन नसकेको उनको भनाइ थियो । ‘कृषिको लागि ठूलो भण्डार, गोदाम भइदिएन । शीतभण्डार पनि छैन । आफ्नै अक्सन बजार भएन र अन्तर्राष्ट्रिय व्यापारी ल्याउन सकेनौं,’ काफ्लेले भने, ‘परम्परागत शैलीमा छ हाम्रो कृषि । यान्त्रीकरण गर्छौं भने पनि गरेका छैनौं, कृषि व्यावसायिक हुन सकेन।’

प्रदेश १ मा समुद्र सतहबाट ५० मिटरदेखि पाँच हजार मिटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएको छ । कृषिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न सकिने उनको भनाइ थियो । वैज्ञानिक भू–उपयोग नीति र प्रणाली बनाउन आवश्यक भएको उनको भनाइ थियो । जमिनको उत्पादनमूलक प्रयोग, प्रादेशिक कृषि विकास रणनीति बनाएर प्रादेशिक महत्वका गौरवका आयोजना, साना र मझौला योजना तर्जुमा गर्नुपर्ने पनि उनको धारणा थियो ।
चारवटा देशको ‘गेटवे’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं अर्थशास्त्री पिके झाले प्रदेश १ भारत, बंगलादेश, चीन र भुटान गरी चार मुलुकको ‘गेटवे’ भएको र वैदेशिक व्यापारको उद्गम थलो पनि यही प्रदेश भएकोले समृद्धशाली हुने प्रचूर सम्भावना बोकेको आधार प्रस्तुत गरे । नेपालमा औद्योगिकीकरण यहीँबाट प्रारम्भ भएको उनको भनाइ थियो । ठूला उद्योग खोल्न ठूलो पुँजीको आवश्यकता हुने भएकोले घरेलु अथवा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

प्रदेश १ मा सिमेन्ट, आइरनको खानी भए पनि सरकार वा राजनीतिक नेतृत्वमा इच्छाशक्तिको खाँचो रहेको उनले बताए । ‘पर्यटनबाटै नेपाल समृद्ध बन्न सक्छ, प्रदेश १ मा त झन् समरमाथा, पाथीभारा, मकालु, कञ्चनजंघा, इलामजस्तो ठाउँ छ । पर्यटनलाई उद्योगको रुपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘जडीबुटी उद्योगहरु फस्टाउन सक्छ । ठूलो होइन, साना कटेज उद्योगलाई प्राथमिकता दिनुपर्छ ।’ दिगो आर्थिक विकासको खाका बनाएर आयातको सोचलाई हटाउन सके औद्योगिक विकासमा फड्को मार्न सक्ने झाको जिकिर थियो ।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad