coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ।

३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो। 

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले ६ रन बनाएका थिए। 

यसअघि घरेलु मैदान क्वीन्स स्पोर्टस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो। 

जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे। शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए। त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए। 

त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे। 

नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए। 

हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ। नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ। 

प्रकाशित: २० फाल्गुन २०७४ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App