coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कालापानीमा सुरक्षाकर्मी राख्छौं : गृहमन्त्री थापा

काठमाडौं – कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

ग्रेटर नेपालले सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी ६० हजार वर्ग किलोमिटर जमिन फिर्तालिन कदम चाल्नु पर्ने, हालै व्यास गाउँपालिकाको वडा नं. १ र २ मा महाकाली नदी सिमानामा निर्माण गरिएका चार वटा काठे पुल, १५० मिटर सडक ट्रयाक र २ किलोमिटर पैदल मार्ग निर्माण गरेर नेपालको सार्वभौमसत्ता माथि आघात पु-याएको हुँदा कालापानी क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने लगायतका माग गरेको छ। 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ग्रेटर नेपालले उठाएका मुद्दा सबैका साझा समस्या भएकाले समाधानका लागि मन्त्रालयले विशेष ध्यानदिने बताए। थापाले दलले छिट्टै उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गर्ने बताए।

प्रकाशित: २० फाल्गुन २०७४ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App