coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित

काठमाडौँ (रासस)- संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो।
प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।
सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराएका थिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित भए।
सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित भएका हुन्।

 

प्रकाशित: २० फाल्गुन २०७४ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App