coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

डोल्पा – डोल्पा ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम मार्ग माग गर्दै काठमाडौंमा संघर्ष समिति गठन गरिएको छ। धनराम बुढाथोकीको संयोजकत्वमा आइतबार समिति गठन गरिएको हो। 

दुनै कायम गरिएको नगरपालिकाको केन्द्र किर्ते गरेर रातारात जुफाल सारिएको बिरोधमा काठमाडौंमा पनि संघर्ष समिति गठन गरिएको दुनैका स्थानीय किशोर गुरुङले बताए।

यसैबीच केन्द्र सारिएको बिरोधमा चार दिनदेखि सदरमुकाम दुनै बन्द छ। केन्द्र सारिएको विरोधमा वडा नं. १ देखि ४ सम्मका सर्वसाधारण आन्दोलित छन्। आन्दोलनले सदरमुकाम आसपासका शैक्षिक संस्थाहरुमा पठनपाठन समेत प्रभावित हुनुका साथै विभिन्न कार्यलयको कामकाज समेत प्रभावित भएको छ। 

आन्दोलनकारीले आन्तरिका रुटमा चल्ने यातायात समेत ठप्प पारेकाछन्। आफुहरुको माग चाडो सम्बोधन नभए आन्दोलनलाई थप शसक्त पारिने जिल्ला संघर्ष समितिका संयोजक हिक्मत शाहीले बताए।

प्रकाशित: २० फाल्गुन २०७४ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App