coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
सभापति देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिए।

देउवाले आफ्नो उम्मेदवारीको लागि मिन विश्वकर्मा र भरत कुमार शाहलाई वारेसनामा दिएका थिए। देउवाको प्रस्ताबक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन्। अर्का उम्मेदवार सिंहको प्रस्तावक सीतादेवी यादव रहेकी छन् भने समर्थक संजय गौतम रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार ६ देखि साँझ ७:३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८:३० बजे हुनेछ।
उम्मेदवारीको दरखास्त सा शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालयमा मतदान हुने छ।

चीनकाजी श्रेष्ठको संयोजकत्व निर्वाचन समिति रहेको छ। कांग्रेसका ६३ जना सांसद छन्।

प्रकाशित: २० फाल्गुन २०७४ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App