coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

पोखरा- प्रदेश–४ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्ति हुने भएका छन्। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा पर्यटनमन्त्री रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा अधिवक्ता घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको बताए । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछन् ।

‘मुख्यमन्त्रीको शिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ,’ बस्नेतले भने, ‘मुख्यमन्त्री एक्लैले पनि नियुक्तिको शिफारिस गर्न सक्छन् । त्यही निर्णय मन्त्रीपरिषद्बाट पनि गर्न मिल्छ।’ घिमिरेलाई मुख्य न्यायाधिवक्तामा शिफारिस गर्ने निर्णय आइतबारको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको थियो।

लमजुङको जोर्दी गाउँपालिकाका घिमिरे वकालती पेशामा २०५४ देखि सक्रिय रहेका छन् । उनी अहिले अष्टेलियाबाट पिएचडी गर्दैछन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिसकेका उनले मुख्य न्यायाधिवक्ता बन्नु आफ्ना लागि ऐतिहासिक अवसर भएको बताए । संघीय सरकारमा आउँदा बनाउनुपर्ने कानुनका लागि आफुले मेहनत गर्ने उनले बताए । प्रदेशमा सुशासन, मानवाधिकार र विधिको शासन कायम गर्न प्रदेश सरकारको कानुनी सल्लाहकारको हैसियतले आफुले काम गर्ने उनले बताए ।

प्रकाशित: २० फाल्गुन २०७४ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App