७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

नेपाली सेनाको टोली भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गर्दै : डिबी बुढा ।

जुम्ला – जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो। 

गत माघ महिनाको ५ गतेदेखि विद्यालयको भवन निर्माण कार्य शुरु भएपनि भारीहिमपातका कारण १५ दिन काम रोकिएको थियो । अहिले विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  १७ जनाको नेपाली सेनाको टोली विद्यालयमै बसेर भवन निर्माणको काम गरिरहेको भगवती दल गणका गणपति शुसिल कुमार थापाले जानकारी दिए । उनका अनुसार भवन आचारसंहिता अनुसार विद्यालयको भवन निर्माण भइरहेको हो।  उनले भने, आवश्यक परे एक सय जनासम्मको टोली खटाएर भएपनि विद्यालय निर्माणको काम अघि बढेको छ । समयमै भवन बनिसकेर विद्यालयको पढाई प्रभावित नहोस भन्ने तरिकाले निर्माणको काम भइरहेको उनको भनाई छ। 

नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनोस भन्नका लागि सामाजिक काममा पछिल्लो समयमा नेपाली सैनिक सक्रिय हुँदै आएको छ । विपत्त, नहर सिचाई, मठमन्दिरको सफाई गर्दै आएका थियौं, उनले भने, विद्यालयको भवन बनाएर विद्यार्थीको पढाईमा सहजता ल्याउनको लागि यो पटक भवन निर्माणमा जुटेका हौँ। 

वर्षै पिच्छे वर्षाका कारण विद्यालयको पढाई प्रभावित हुने गरेको बारे स्थानीय प्रशासन कार्यालयमा छलफल हुँदै आएको थियो, वडाध्यक्ष धिरज जैसीले पनि चासो राखेपछि विद्यालय भवन निर्माण कार्यमा चासो राखेको हो ।  नेपाली सेनाको साढे २ लाख र गाउँपालिकाको तीन लाख गरी ५ लाखको लागतमा भूकम्प प्रतिरोधी बालमैत्री विद्यालय भवन ठडिएको हो । यो नेपाली सेनाको नीति र हरेक जिल्लाको कमाण्डारको दायित्व भित्र पर्छ, गणपति थापाले भने, गाउँले, विद्यालय व्यवस्थापन समितिले पनि उतिकै सहयोग गरेका छन् । प्राविधिक स्टमेट अनुसार ९ लाख रुपैयाँ लाग्छ । तर कम खर्चमै बलियो र भरपर्दो विद्यालय भवन बनेको हो।  

विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएर बालबालिकालाई जोखिममुक्त गराउने नेपाली सेनाको कार्य प्रति स्थानीयमा खुसीयाली छाएको तातोपानी गाउँपालिका ४ का वडाध्यक्ष धिरज जैसीले बताए । उनले भने, नेपाली सेनाको यो कार्यलय जनता र सेना बीचको सम्बन्ध सुमधुर बनेको भन्दै विद्यार्थीको हित भएको छ । अहिले सेनाको १७ जनाको टोली विद्यालयमा बसेर भवन निर्माणको काम गर्दै आइराखेको छ।  

यसअघि गुठचौर गाउँपालिका स्थित शंकर प्राविमा पनि विद्यालयको झ्याल ढोका निर्माणमा सैनिक टोलीले सहयोग गरेको थियो । 
 

प्रकाशित: २० फाल्गुन २०७४ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App