coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

काठमाडौं – वाणिज्य बैंकहरुले बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन् । यसअघि मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका बैंकहरु पुनः बचतको ब्याजदरमा पनि अंकुश लगाउने निर्णयमा पुगेका हुन्।

मुद्दती र बचतको ब्याजदर अन्तर नभएको यस्तो गर्नुपरेको नेपाल बैंकर्स संघको भनाइ छ। 

केही वाणिज्य बैंकले बचतमा १० प्रतिशतसम्म ब्याज दिइरहेका छन् । उनीहरुलाई आइतबार नै उक्त ब्याजदर घटाएर ८ प्रतिशतमा झार्न भनिएको छ । संघका एक सदस्यले भने, ‘अहिले बैंकले बचतमा १० प्रतिशत र मुद्दतीमा ११ प्रतिशत ब्याजमा निक्षेप लिएका छन् । त्योभन्दा बढी ब्याज नलिने सहमति भएको हो ।’

प्रकाशित: २० फाल्गुन २०७४ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App